गोकुल बाँस्कोटाले फेरे नेकपा अध्यक्ष – Nagarikabhiyan : National News

गोकुल बाँस्कोटाले फेरे नेकपा अध्यक्ष

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाले गृहजिल्ला काभ्रेपलाञ्चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष फेरेका छन् । नेकपा ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको हो । 

ओली नेकपाको मंगलवार बसेको दोस्रो बैठकले जिल्ला अध्यक्ष चयन गरेका ब्याञ्जु  धुलिखेल नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

बैठकले पार्टी सचिवमा नारायण पाण्डे चयन गरेको छ । बैठकले १२४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेकाे छ ।