प्रचण्ड पक्षका सांसदलाई कारवाहीकाे घोषणा, नेकपामा खैलाबैला !
१३ पुष २०७७, सोमबार १९:३७
काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल पक्षीय सांसदलाई राजनीतिक दल सम्बन्धी ऐन र दलको विधान बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ ।
आईतबार प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा पेश भएको थियो । त्यसमा प्रचण्डपक्षका ३७ जना प्रदेश सांसदले हस्ताक्षर गरेका थिए ।
ती सांसदलाई ओली समूहले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेकपाका प्रमुख सचतेक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधका हुन् । राजभण्डारी ओली पक्षका नेता हुन् ।
संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकाले प्रस्ताव फिर्ता लिएर स्पष्टीकरण नबुझाए राजनीतिक दल सम्बन्धी ऐन र दलको विधान बमोजिम कारवाही गरिने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया