संसद् विघटनप्रति जसपाको आपत्ति
५ पुष २०७७, आईतवार १७:२५
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटन प्रति संसद्को तेश्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) आपत्ति जनाएको छ।
पार्टीले आइतबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको कामलाई अलोतान्त्रिक र असंवैधानिक भनेको छ । पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर उपेन्द्र यादवद्वारा जारी विज्ञप्तीमा भनिएको छ-‘प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो ।’
यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा हो ।’ पार्टीले यस कदमलाई प्रतिवाद गर्न आग्रह पनि गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया