निर्णय प्रकृयामा युवाहरुको सहभागिता गराउने प्रतिवद्धता – Nagarikabhiyan : National News

निर्णय प्रकृयामा युवाहरुको सहभागिता गराउने प्रतिवद्धता

इनरुवा, पुस ४ गते । सबै खाले विकासे र जनहितका कार्य गर्ने गरि गरिने निर्णय प्रकृयामा युवाहरुको सहभागिता गराउने सुनसरी सदरमुकाम इनरुवा १० का वडा अध्यक्ष सुल्तान मियाँले प्रतिवद्धता जनाएका छन् । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको १० नम्बर वडा जल्पापुरमा आयोजित कार्यक्रममा मियाँले सबै सरोकराबालाहरुले निर्णय प्रकृयामा युवाको अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा पनि जोड दिएका छन् । प्लान नेपालको सहयोगमा युथ क्रिएसन सुनसरीको आयोजनामा भएको निर्णय प्रकृया तथा युवाहरुको अर्थपूर्ण सहभागिताको बारेमा इनरुवाको समन्वयात्मक बैठकमा मियाँले आफूहरुको विकास निर्माण काम देखी लक्ष्ति समूहसम्मको काममा यूवाहरुको सहभागिता हुदै आएकोमा अव अर्थपूर्ण सहभागिता जलाउन दिने प्रतिवद्धता जनाए । कार्यक्रममा अन्य सरोकारबालाहरुले सामाजिक र भौतिक विकासका लागि प्रत्येक निर्णय प्रकृयामा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले आफूले गाउँटोलको प्रत्येक योजना संकलनदेखी उपभोक्ता समिति गठन र भौतिक निर्माणसम्मको काममा युवा तथा महिलाहरुको अर्थपूर्ण सहभागिता गराएको बताए । कार्यक्रममा इनरुवा नगरपालिका ९ कि सदस्य रन्जना चौधरी, इनरुवा १० वडा सदस्य सतियादेवी खत्वे र ताविर मियाँ, हाजी सराफत, किसोरी समूहकी पुनम शर्मा, संगिता उराँव, अमृता उराँव,मोजोमिल मियाँ, नेकपाका मो. मोख्तार मियाँ सहित १६ वढी सरोकारबालाहरुले गाउँको हरेक काममा वडा र पालिकाले निर्णय प्रकृयादेखी निर्माणसम्ममा युवाहरुको अर्थपूर्ण सहभागिता गराउदै आएको बताए ।
कर्यक्रममा युथ क्रिएसनका पिताम्बर ठाकुरले राजनीतिक दलहरुको नेतृत्व तहमा महिला सहभागिता २० प्रतिशतबाट माथि उठ्न नसकेको, कतिपय दलमा १५ प्रतिशतभन्दा पनि कम रहेको पाइएको बताए । प्रशिक्षक तथा सहजकर्ता जयकृष्ण यादवले युवा तथा महिलाको समान सहभागिता नहुनुका कारणमा विभेदकारी सामाजिक, आर्थिक, राजनीतिक ब्यवस्थाहरु र कानूनी संरचनाहरु तथा महिलाको राष्टूको सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक सवालहरु रहेको बताउनुभयो ।