विद्यालयमा किताव परियोजना
२१ मंसिर २०७७, आईतवार १८:०४
इनरुवा । सुनसरीको १२ वटै स्थानीय तहमा कक्षा तीनसम्मका बालबालिकाका लागि पुस्तक परियोजना कार्यक्रम लागू भएको छ । जिल्लाका १२ वटै पालिका गरी २ सय ७२ वटा विद्यालयमा परियोजना लागू भएको हो ।
बल शिक्षण सिकाई सहजताका लागि किताब परियोजना सञ्चालनमा ल्याएको जिल्ला स्थित साझेदार संस्था सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार विद्यालयमा बुक कर्नर स्थापना गरी बालमैत्री वातावरणमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रयास स्वरुप पुस्तक परियोजना ल्याएको हो ।
जिल्लामा पुस्तक परियोजनालाई प्रभावकारी बनाउन विद्यालयमा नै प्रधानाध्यापकहरुलाई किताब किन्नका लागि अनलाइन अर्डर गर्न सिकाउने भएको छ ।
किताव परियोनाको कार्यलाई सार्थक पार्न सोमवारदेखी स्थलगत अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया