मानव अधिकार तालिम सम्पन्न
२१ मंसिर २०७७, आईतवार १८:०३
इनरुवा । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा दुई दिने मानव अधिकार सम्वन्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकामा गठित मानव अधिकार समुहका पदाधिकारीहरुलाई क्षमता विकासका लागि मानव अधिकार सम्वन्धि दुई दिने तालिम सम्पन्न भएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहजीकरणमा गठन भएको मानव अधिकार समुहलाई गाउँपालिका र ७ नम्बर वडा कार्यालयको समन्वयमा तालिम दिएको हो ।
तालिममा मानव अधिकारको आवश्यकता, पृष्ठभूमी, सिद्धान्त र नेपालमा त्यसको प्रयोग तथा नागरिकको पहुँच र क्षमताको बिषयमा प्रशिक्षण दिएको थियो ।
मानव अधिकार तालिममा इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादव सहितले सहजीकरण तथा प्रशिक्षण गरेका थिए ।
तालिको समापन कार्यक्रममा सहभागिहरुलाई गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीको स्वकीय सचिव धर्मेन्द्र विश्वासले प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रमाण पत्र वितरण कार्यक्रममा पालिकाका नायव सुब्बा बिनोद मिश्रा र सहजकर्ता जयकृष्ण यादव लगायतकाले समेत प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । तालिमको बारेमा आयोजक समितिका सचिव बिष्णु कुमार यादव, पप्पु यादव, मुस्ताक आलम, रिना मण्डल, गिता पौडेल, चन्द्रकला नेपाल,सिकेन्द्र मरिक यादव, गुलाबी मुखिया लगायतले बोल्नुभएको थियो । तालिममा सहभागिहरुले सिकेका कुराहरु ब्यवहारमा उतार्ने र मानव अधिकार मैत्री काम गर्नको लागि पालिकासँग हातेमालो गर्ने प्रतिवद्धता जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया