सेवा विस्तारमा क्लासिक टेकको छलाङ, एक वर्षमै ग्राहक बृद्धि १५६ प्रतिशत – Nagarikabhiyan : National News

सेवा विस्तारमा क्लासिक टेकको छलाङ, एक वर्षमै ग्राहक बृद्धि १५६ प्रतिशत

देवानगञ्ज ।  विगत एक वर्षको अवधिमा इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले आक्रामक रुपमा बजार विस्तार गरेको छ । कम्पनीले २०७६ को भदौ यताको एक वर्षमा मात्रै १५६ प्रतिशतभन्दा बढी ग्राहक थपेको हो ।

दोस्रो धेरै ग्राहक बढाउने कम्पनी सुबिसुको तुलनामा क्लासिक टेकको बृद्धि दोब्बरभन्दा बढी रहेको छ । यस अवधिमा दोस्रो धेरै ग्राहक विस्तार गर्न सफल सुबिसुको बृद्धि ७७.०३ प्रतिशत रहेको छ ।

सुबिसुले विगत एक वर्षमा ६६ हजार ७४२ ग्राहक थप्दै आफ्नो कुल ग्राहक आधार विस्तार गरेर एक लाख ५३ हजार ३८९ पुर्‍याएको छ । जब कि क्लासिक टेकले यस अवधिमा ६९ हजार ५७ ग्राहक बढाउँदै आफ्नो कूल ग्राहक आधार एक लाख १३ हजार २५० बनाएको छ ।

ग्राहक विस्तार तीव्र रुपमा गरे पनि क्लासिक टेक नेपालमा ठूला इन्टरनेट सेवाप्रदायकको सूचीमा पाँचौं स्थानमै सीमित छ । ठूला पाँच वटा इन्टरनेट कम्पनीमा आफ्नो ग्राहक आधार विस्तारमा नेपाल टेलिकम सबैभन्दा कमजोर देखिएको छ ।

यता क्लासिक टेकको सेवा सुनसरी जिल्लाको निकै नै पछडी परेको पालिकाहरु देवानगंज, हरिनगर लागयत क्षेत्रमा सेवा विस्तार गर्दै छनन् । यस क्षेत्रमा क्लासिक टेकले राम्रो सेवान दिने क्लासिक टेकका ऐरिया मेनेजर विजय दुलालले वताउनु भयो ।

क्लासिक टेकको सेवा यस क्षेत्रमा आउने भए पछि यहाँका स्थानियहरु खुशि भएको छ । यस क्षेत्रमा संचालमा रहेको नेटहरु प्रभाकारी नहुदाँ स्थानियहरु सास्ती खेपदै आएकोमा क्लासिक टेक आउने भएपछि आफु धेरैनै खुशि भएको हरिनगर का यूवा रंजित मेहताले खुशि व्यत्त गर्नु भयो । क्लासिक टेकलाई नागरिक अभियान को तर्फवाट शुभ कामना ।