गढीमा कोभिड र सुरक्षाबारे अन्तरक्रिया – Nagarikabhiyan : National News

गढीमा कोभिड र सुरक्षाबारे अन्तरक्रिया

इनरुवा । सुनसरीको गढी गाउँपालिकामा सुरक्षा र कोभिड १९ कोरोना भाइरस बिरुद्धको अभियान सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गााउँपालिकामा सुनसरीका सुरक्षा अधिकारी सहित जनप्रतिनिधिहरुको उपस्थितीमा चाडपर्व लक्षित सुरक्षा र कोरोना भाइरस नियन्त्रण बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुनसरी प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले चाडपर्वको बेला सुरक्षा ब्यवस्था मजबुत पार्ने र कोभिडका कारण चाडपर्वमा भीडभाड गर्न नदिने भएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रहरी उपरीक्षक कमल थापाले भीडभाडका कारणले कोरोना सर्न सक्ने सम्भावना उच्च रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले विकासका लागि सुरक्षा र कोभिड नियन्त्रणका लागि समेत समन्वय आवश्यक रहेकाले सुरक्षा र कोभिड बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।

यादवले गाउँपालिकामा सुरक्षा अधिकारी सहितको कार्यक्रमले चाडपर्वमा हुने अनाधिकृत निर्माणलाई कम गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशसकीय अधिकृत प्रमोद चौधरी, उपाध्यक्ष राजकुमारी चौधरी , गढी १ का वडाध्यक्ष शंकर प्रसाद चौधरी, ३ का वडाध्यक्ष तुनालाल चौधरी, ४ का वडाध्यक्ष रामचन्द्र महतो, ५ का वडाध्यक्ष सुगना झाँगड र ६ का वडाध्यक्ष बन्दुलाल सरबरिया लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।