दुई वटा केबल नेटको लाईन काटियो
१८ जेष्ठ २०७९, बुधबार १९:४४
सुनसरीको दुहवीमा दुई वटा केबल नेटको लाईन काटिएको छ । नेपाल विधुत प्राधिकरण दुहवी वितरण केन्द्रले विधुत महसुल बक्यौता नतिरेको भन्दै दुई वटा केबल नेटको लाईन काटिएको हो । यो लाईन काट्ने काम भएपछि भायानेट क्यूनिकेसन र सुविसु नेटले रकम तिर्ने प्रतिवद्धता जनाएको छ । लाईन काटिएकाले भायानेट क्यूनिकेसनले ९६ हजार ७२८ रुपियाँ र सुविसु नेटले तीन लाख २३ हजार १८० रुपियाँ बक्यौता रकम तिर्ने प्रतिवद्धता जनाएको प्राधिकरणले जनाएको छ । लाईन नकाटी बेवास्ता गर्दै आएको भायानेट क्यूनिकेसन र सुविसु नेटलाई लाईन काटेकाले सम्र्पक आएको र दुई दिनभित्र बक्यौतथा रकम तिर्ने सम्झौता गरेको र प्रतिवद्धता जनाएको प्राधिकरण दुहवी बितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिनुभयो । उता क्लासिक टेकलाई समेत वार्निग दिएको र भोली उसलाई काट्ने कि भन्ने छ स्रोतले भन्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया