सिर्जनामा इनरुवाको १४ औं श्रृखला सम्पन्न – Nagarikabhiyan : National News

सिर्जनामा इनरुवाको १४ औं श्रृखला सम्पन्न

सुनसरीको इनरुवामा दुई वर्ष अघि गठन भएको सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको चौधौं श्रृखला सनिबार सम्पन्न भएको छ । यहाँका साहित्य तथा रचनाकारहरुको प्रतिभा गित, गजल, कविता र लघु नाटक सहित इनरुवा–३ को सरस्वती ज्ञान कुञ्ज स्कूलको समन्वयमा सिर्जनामा इनरुवाको आयोजनामा सम्पन्न भएको हो । साहित्कार काब्यकार डम्भरुबल्ल्भ भण्डारी, जेनिस देव, टिका सिवाकोटी आचार्य, बिमला पोखरेल, रमेन्द्र कोइराला, खखेरा, भवानी प्रसाद पोखरेल, द्धारिका प्रसाद पोखरेल, विष्णु दाहाल, राधा सुवेदी, प्रज्वल काफ्ले , नयन बस्ती, रंगलाल भट्टराई, बिदुर सुवेदी, विष्णु भण्डारी, रमेश प्रसाद गुरागाई, खगेन्द्र केसी सहित साहित्यमा रुची राख्ने दुई दर्जन बढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार बिमला पोखरेलले आफ्नो अर्को काब्यकार डम्भरुबल्ल्भ भण्डारी को स्वागतम भन्ने शिर्षकको रचान बचान गर्नुभयो भने अन्य सबै साहित्यकारहरुले आफु अनुकुलका रचना पाठ गर्नुभएको थियो ।  
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का पूर्व सदस्य तथा गोरखापत्र दैनिकका जयकृष्ण यादव, पत्रकार अरिबन्द यादव लगायतका सरोकारवालाको समेत उपस्थिती रहेको थियो । सिर्जनामा इनरुवाको १४ आंै श्रृखला संस्थाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षता र झोराहट नाट्य कलाका भरत गुरागई बर्रबरिकको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । सम्पन्न भएको कार्यक्रममा इनरुवा नगर क्षेत्र सहित विराटनगर, बेलबारी र इटहरी उपमहानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिती रहेको थियो ।
साहत्यिकारहरुले आफ्नो रचनामा मायापिरती सहित राजनीतिक अवस्था, चुनावको परिणाम र अन्य समयसामयिक रचनाहरु बाचन गर्नुभएको थियो ।