स्मृति इगिंलस बोडिंग स्कूलको वार्षिक उत्सव कार्यक्रम सम्पन्न
६ जेष्ठ २०७९, शुक्रबार १८:३७
मोरगंको बुढीगंगा गाउँपालिका ३ नेमुवामा रहेको स्मृति इगिंलस बोडिंग स्कूलको १८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । स्मृति इगिंलस बोडिंग स्कूलको प्रागंणमा १८ औं वार्षिक उत्सव पुरस्कार वितरण एवं बिदाई कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार एक कार्यक्रमका बीचमा स्कूलका संस्थापक स्मृति सापकोटाको प्रमुख आथित्य तथा प्रिन्सिपल रीता न्यौपानेले संयुक्त रुपमा केक काटेर सेलिब्रेसन गरेको पत्रकार दिनेश यादवले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका विधार्थी, शिक्षक, अभिभावक, विभिन्न क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो । परीक्षामा राम्रो अंक ल्याउनेहरु पुरस्कार समेत वितरण गरेको थियो ।

विद्यालयका टप टेन विधार्थीलाई पुरस्कार र सम्मान गरेको थियो । स्कूलमा दुई जना विधार्थीलाई पूर्ण छात्रवृति सहयोग र स्कूल दोस्रो टप हुनेलाई ५० प्रतिशत छात्रवृति सहितका पुरस्कार दिएको थियो । स्कूल टप अक्षता न्यौपाने र निधिमा कार्कीलाई जनही ११ हजार १११ रुपियाँ नगद प्रदान गरेको थियो । यसैबीच सोही कार्यक्रममा एईई दिएका विधार्थीहरुलाई विदाई समेत गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया