वडा अध्यक्ष ललितकुमार थापा – Nagarikabhiyan : National News

वडा अध्यक्ष ललितकुमार थापा

संसार नै कोरोनाको कारणले आक्रान्त बनेको छ । अहिले विश्व नै कोरोना संक्रमण कोभिड १९ को आक्रान्तबाट गुज्रिरहेको छ । जनताहरु कोरोनाको चपेटामा परेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व नै पहलमा गागेको आधा वर्ष बढी बितेको छ तर ठोस निकास पाउन सकेको छैन । नेपालको विभिन्न जिल्लामा समेत यसको प्रभाव बढ्दँै गएको छ । यसलाई दोहोरो कोणबाट टिप्पणी र बहसको विषय बनाएको पाईन्छ । यसका बीचमा पनि जिल्ला, नगर, गाउँ र वडाहरुमा विकासको काम धमाधम भईरहेको छ । यहाँका वडाहरुले आफ्नो श्रोत साधनले भ्याएसम्म काम गरेको छ । त्यसै मध्येका एक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ ढोकका वडा अध्यक्ष ललितकुमार थापा जनताको काममा दिनरात नभनी अनि रोग महामारी, प्रकोप र विपद्का बीचमा पनि विकासको काममा लाग्नुभएको छ । उहाँले जनताको मतबाट जितेर आएपछि करिव साढे तीन वषर्कोे कार्यकालले जनतो हकहित र दिगो विकासमा समर्पित भएर लागिपरेको बताउँनुहुन्छ । विकासप्रेमी वडा अध्यक्ष ललितकुमार थापासँग गरिएको समयसामिक कुराकान
ी यस अंकको अन्तरवार्ता स्तम्भमा ।
१, तपाईलाई सत्य संसार साप्ताहिकको अन्तरवार्ता स्तम्भमा स्वागत छ ?
धन्यवाद छ सर, तपाई र यस सत्य संसार पत्रिकाको सपरिवारलाई अनि नमस्कार सबै वडाबासी तथा भोक्राहा नरसिंह गाउँपालिकाका नागरिक र पाठक वर्गमा ।
२, तपाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ ढोकको वडा अध्यक्ष भएर काम गरेको झण्डै साढे तीन वर्षे कार्याकाल वितेको छ, के कस्तो विकास गर्नुभयो यो बीचमा ?
म नयाँ संविधान २०७२ अनुसारको पहिलो स्थानीय तहको निर्वाचनमा जनताबाट निर्वाचित भएपछि जनतामा नै पूर्ण समर्तित भएर काम गरेको छु । म २०७४ साल अघिसम्म सामाजिक सेवा र सामुदायिक वनमा जनताको सेवा र काम गर्दै जनतालाई दु
खसुखमा साथ दिदै आएको र सोही योगदानको करद गरेर निर्वाचित भएको छु । पहिला पनि जनता सेवामा थिए भने निर्वाचन पछि म जनताको भोटबाट जितेर फेरी गाउँ तथा वडाका नागरिकको सेवामा नै लागेको छु । म निर्वाचित भएको साढे तीन वर्षे कार्यकालमा सिमित स्रोत सधानका बीचमा धेरै नै जनमैत्री काम गरेको छु । स्वभावले नै साविक भोक्राहा गाविस र नरसिंह गाविस मिलाएर भोक्राहा नरसिंह गाउँपालिका बनेको हो । यहाँको साविक ९÷९ नम्बर गरि १८ वटा वडालाई एउटा ८ वटा वडामा खुम्चाएकाले साविकको भन्दा पृथक भएको छ । यो वडामा म आएपनि कच्ची बाटो सबैमा ग्राभेल , उच्चस्तरीय ग्राभेल र एक किलो ३ सय मिटर बाटो कालोपत्रे गरेको छु । नागरिकलाई विकासको अनुभुती दिलाउन लागिपरेको छु । म वडा अध्यक्ष भएर काम गर्न सुरु गरेको यो अवधिमा सडकमा कालोपत्रे, अन्य सानो बाटो विस्तार, स्तोरउन्नती, विद्यालय, मदर्शा, मन्दिर र मस्जितको निर्माण, मर्मत सम्भार स्तरउन्नतीको काम गरेको छु । वडाको सरसफाई, खानेपानी, सुरक्षा, शिक्षा, संचार, रोजगार, शिपमुलक कार्यक्रम, स्वास्थ्य सेवा लगायतमा सुधार भएको छ ।
३, अनि वडा अध्यक्ष ज्यू यतीको राम्रो काम गर्नुभएको छ, जनताको साथ र सहयोग कतिको पाउनुभएको छ ?
मेरो वडामा सबै काम उपभोक्ता समितिबाट पूर्ण पारदर्शिताका साथ भएको छ । अनि मेरो काम गर्ने शैली नै जनताको माग र आवश्यकतामा आधारित रहेकाले सबैको साथ र सहयोग मिलेको छ । त्यही भएर पनि हाल सवाँ तीन वर्षे कार्यकाल सफल रहेको अनुभुती गरिरहेको छु । प्रत्येक वडामा वडा कार्यालय स्थापना भएकाले जनताले गाउँटोलमै सेवा पाएको, विकास निर्माणको काम धेरै भएकाले पहिला गाविस भन्दा पालिकामा बढी सेवा सुविधा र विकासले पूर्ण जनताको साथ र सहयोग पाएको छु ।
४, साविकका बिकास र हाल तपाई वडा अध्यक्ष भएर आएपछि थप के गर्नुभएको छ वडामा ?
यो वडामा विकासका लागि विगतमा निकै कम काम भएको र बजेट पनि कम थियो भने म आएपछि अनुदान र बजेट समेत बढेर आएकाले विकासको काम बढी भएको छ । यसपाली मात्रै नाला सहितको कालोपत्रेको काम संघीय सरकारको सहयोगमा भईहरेको छ । यो वडाको कुनै पनि बाटो कच्ची रहेको छैन् । विकास निर्माणको कामले जनता पनि खुसी छन् ।
५, शिक्षा, स्वास्थ्य र आबास तथा सुकुम्बासीका लागि के के काम गर्नुभएको छ ?
साच्चै भन्नुहुन्छ भने यो वडामा विद्यालयको निर्माण, शैक्षिक सुधार, शिक्षक, प्रअ, अभिभावक र विधार्थीहरुको हितका लागि सहयोग गरेको छु । यस वडाको शारदा मावि र कर्मा आधारभुत विद्यालयमा वडाको बजेट, श्रोत र साधनले भ्याएसम्म काम गरेको छु । दुवै विद्यालयमा आफ्नो बलबुत्ताले सकेसम्म वाल निर्माण, मन्दिर निर्माण र अधुरा निर्माणको काममा सहयोग गरेको छु । आफ्नो कार्यकालमा शारदा माविमा २५ लाख बढीको सहयोग गरेर काम भएको छ । कर्मामा विपन्न विधार्थीलाई व्याग, स्टेस्नरी, खाजा, पोसाकसम्मको सहयोग गरेर शैक्षिक गुणस्तरका लागि काम गरेको छु । म निर्वाचित भएपछि वडामै जनतालाई स्वास्थ्य सेवा दिन आधारभुत स्वास्थ्य केन्द्र स्थापना भएको छ । दैनिक ४० भन्दा बढी नागरिकले सेवा लिईरहेको छ । सुकुम्बासीका लागि केही काम भएपनि राष्टिय समस्या भएकाले पहलमा रहेको छु । मैले यस वडाका गरीब,विपन्न र सुबुम्बासीका लागि आवसको व्यवस्था गर्न पहलमा छु । कोरोनाको बन्दाबन्दीमा राहत वितरण गरेको छु । वडामा प्रदेश सरकारको खर र फुसको छानो हटाउने वा सरकारको नीति अनुसार घरको छानो खरले वा फुसको रहेकोलाई हटाउने अभियानमा जस्तापाताको सहयोग हुने कुरा आएको छ त्यसमा मेरो पहल र प्रयास जारी छ ।
६, किसान र कृषिका लागि के गर्नुभएको छ ?
यो वडाको किसानका लागि सिचाई गर्न बोरिगंका लागि पहल गरेको विद्युतिय सिचाईका लागि विद्युत प्राधिकरणसंग समन्वय भएको छ । किसानहरुलाई समय समयमा विभिन्न बाली लगाउन प्रोत्साहन गरिएको छ ।
७, छुट्टै केही छ , स्वास्थ्यका लागि गर्नुभएको कुरा ?
वडामा स्वास्थ्य संस्था सञ्चालन भएको , निशुल्क रुपमा औषधी वितरणका लागि वडाले पहल गरेको छ । भाडाको घरबाट भएपनि स्वास्थ्य सेवा दिदै आएको छ ।
८, अन्त्यमा के भन्नै पर्ने कुरा छ वडाबासी वा पाठकका लागि ?
तपाईलाई धन्यवाद अनि मेरो कुरा वडाबासीका लागि र पाठकका लागि राख्ने मौका दिनुभएकोमा । अनि म अन्त्यमा के भन्छु भने मेरा सम्पूर्ण वडाबासीलाई कुनै पनि विषयमा मलाई वडामा आएर सोध्नुहोला वा सम्भ्झिनाु होला सबै खाले समस्याको समाधान खोज्न र सहयोग गर्न तयार छु । आफूबाट हुने काम , सेवा र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । समुदायमा वडा अध्यक्ष भएर धेरै नै पन्यातीको कुरा भएकाले त्यसलाई समेत ध्यानमा राखेर मेलमिलाप, बन्दुत्व, एकता र सामुहिकतामा ध्यान दिन आग्रह गर्दछु । विकसामा सबैको हातेमालोको अपेक्षा गरेको र सोही अनुसार गर्दै आएकाले त्यसमा थप हातेमालोको अपेक्षा गरेको छु । धन्यवाद