दाङबाट काठमाडौं आउँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटना, १५ जना घाइते – Nagarikabhiyan : National News

दाङबाट काठमाडौं आउँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटना, १५ जना घाइते

काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ जयश्री पुल नजिकै यात्रु बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।