केदार भण्डारीलाई जिरो आवरमा ३ प्रश्न : तपाईलाई मत किन दिने ? – Nagarikabhiyan : National News

केदार भण्डारीलाई जिरो आवरमा ३ प्रश्न : तपाईलाई मत किन दिने ?

इनरुवा । नेपाली काँग्रेसको १४ औँ महाधिवेसन अन्र्तगत सुनसरी जिल्ला सभापतिका लागि केदार भण्डारीले उम्मेद्धारी दिएका छन् । संस्थापन इतर समुहबाट यस अघि दुई कार्यकाल जिल्ला सचिव रहिसकेका भण्डारीले सभापतिका लागि उम्मेद्धारी दिएका छन् । आज नेपाली काँग्रेसको पाटी कार्यालयमा उम्मेद्धारी दर्ता गराएका केदार भण्डारीलाई जिरो आवरमा ३ प्रश्न :

तपाईलाई मतदाताले किन मत दिने ?

नेपाली काँग्रेस जिल्लामा बलियो अवस्थामा छ । यो अवस्थालाई कमजोर हुन नदिन र अझ शसक्त बनाएर अगाडि लैजान मैले सभापतिमा उम्मेद्धारी दिएको हो ।मैले दुई कार्याकालमा सिकेको अनुभवका आधारमा पाटिलाई अझ बलियो बनाउने मेरो उम्मेद्धारी हो । पाटिका साथीभाई र सम्पूर्ण कार्यकर्ताहरुको मनोबल उच्च बनाउन, हरेक दुःख सुखमा साथ दिन मेरो उम्मेद्धारी हो । हरेक कार्यकर्तामा पाटि मेरो अभिभावक हो भन्ने भावनाको विकास गराउँछुु ।

भावनात्मक एकताको कुरा गर्नुभयो ? विभाजित भएको अवस्थामा तपाई कसरी पाटिलाई एक बनाउँनुहुन्छ ?

अहिले पाटिका साथीभाई, कार्यकर्तामा विभाजित मानसिकता छ । अधिवेसनले पक्ष विपक्ष जस्तो बनाएको छ । कोही जितेको र कोहीले पराजित भएको महसुस गरिरहुनभएको छ । यस्तो अवस्था सबैलाई एक बनाउनु चुनौति नै छ । तर मेरो काम नै त्यहि हुनेछ । सबैलाई जोडेर लैजान्छु ।एकताको सुत्रमा बाँधेर पाटि प्रति गौरवान्वीत हुने वातावरण बनाउने मेरो प्रयत्न हुने छ ।

गुट उपगुटमा विभाजित भएको अवस्थामा कार्यकर्ता समेट्न तपाईको योजना के छ ?

यो हाम्रो आन्तरिक चुनाव हो । महाधिवेसनका क्रममा पक्ष विपक्ष जस्तो ढंगले अगाडि बढ्दा पक्कै पनि पाटिलाई चाहिने साथीहरु छुट्नु भएको छ । वडा, नगर, क्षेत्र, महाधिवेसनमा धेरै चाहिने साथीहरु छुट्नु भएको छ । पाटिमा योगदान दिनुभएका साथीहरु, पाटिले मुल्यांकन गर्नुपर्ने साथीहरु छुट््नु भएको छ । पाटिलाई उहाँहरुको साथ भोली पनि उत्तिकै चाहिन्छ । उहाँहरुलाई समेटेर लैजानुपर्छ । महाधिवेसनको क्रममा छुटेका साथीहरुलाई उच्च मुल्यांकन सहित उचित व्यवस्थापन हुन्छ । पाटिका अन्य विभिन्न विभाग सहित अन्य ठाउँहरुमा मुल्यांकनका आधारमा व्यवस्थापन गर्नुपर्छ । यसका लागि म योजना सहित अगाडि बढ्ने छु ।
मैले सभापति जित्दा,कुनै गुटले जित्यो, कुनै लविले जित्यो भन्ने अनुभुति हुन दिन्न । मेरो कुनै पनि भुमिका त्यस किसिमको हुने छैन ।

म कुनै गुटको सभापति बन्न चाहान्न । म सम्पूर्ण कार्यकर्ताको र सिंगो पाटिको सभापति बन्न चाहान्छु । यो नै मेरो अन्तिम उद्देश्य पनि हो ।