श्रमिक महिला दिवसको पूर्व संन्ध्यामा बालिका माथि बलात्कार, बलात्कारीलाई जोगाउन खेल सुरु
२४ फाल्गुन २०७८, मंगलवार १८:१७
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा १७ वर्षकी बालिका बलात्कृत भएकी छिन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का २६ वर्षिय मेहरद्धिन मंसुरीले बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पीडित परिवारले जनाकारी दिएको छ । बालिकाको बुवाआमा सप्तरी राजविराजमा रहेको मौकामा मंसुरीले राती करिव ८ बजेको समयमा बालिकालाई घरकोठामा बलात्कार गरेको पीडितको बुवाको भनाई छ । छोरीलाई मंसुरीले बलात्कार गरेको दावी गरेपनि पीडित बालिकाले भने मंसुरी घरमा पसेको र बलात्कार गर्न खोजेको मात्रै प्रतिकृया रोएर दिनुभएको छ । बुवा र छोरीको कुरा घटना भएको भएपनि बालिकालाई फकाएर यौन शोषण गर्दै आएको र पछि स्थानीयहरुले देखेपछि बाहिर आएको एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।
उता सोमबार राती किशोरी बलात्कार भएको आधा घण्टा नबित्दै नेपाल प्रहरी र भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव घटना स्थलमा पुगेर यर्थात जनाकारी लिनुभएको थियो । बालिका बलात्कार गर्ने मंसुरीलाई स्थानीय केही व्यक्तिहरुले पक्राउ गरेर राखेकोमा प्रहरी आउदा साथ फरार भएपछि बलात्कारी जोगाउने खेल सुरु भएको पीडित परिवारको आरोप छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं.६ स्थित घटना स्थलमा एक समूहले मंसुरीलाई भगाइएको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवको कथन छ ।
उता बलात्कार जस्तो घटना मिलाउन केही व्यक्ति सकृय रहेको समाचार स्रोतको दाबी छ ।
बलात्कृत बालिकालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा लिएर इनरुवा अस्पातलमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कुमार कार्कीको भनाई छ । कार्कीले भने पीडितको प्रतिकृया अनुसार बलात्कार नभएको हो भन्ने कुरा गरेको प्रतिकृया दिनुभएको छ । बलात्कार गरी पीडक मंसुरी हाल फरार रहेको छ । स्थानीयले बलात्कार नगरेको भए पीडक भनिएका मंसुरी कीन फरार भएको भन्ने प्रश्न स्थानीयले राखेका छन् । उता प्रहरीले निर्दोशलाई फसाई पीडक मंसुरीलाई जोगाउने खेलमा प्रहरी समेत लागेको स्थानीय अधिकारकर्मीहरुले बताएका छन् । घटनाको निष्पक्ष छानवीन गरि दोषीलाई कार्वाही र निर्दोशलाई उन्मुक्ती दिनुपर्ने नागरिक अगुवाहरुको माग रहेको छ ।
नेकपा एमाले भोक्राहा नरसिंह अध्यक्ष रामकुमार मेहताले यौन हिसाँ जस्तो अपराध जो सुकै गरेपनि कानुनी दायरामा ल्याउनुपर्ने र निर्दोश फस्न नहुने बताउनुभयो ।
नेपाली काग्रेंसका गाउँ सभापती युवराज दाहालले बालिका माथि घटना भएको सुनेको र यसो भएको हो भने जो कोहीलाई पनि कार्वाही गर्नुपर्ने र जाती वा पार्टीको नाममा संरक्षण गर्न नहुने बताउनुभयो । जनता समाजवादी पार्टीका गाउँ समिति अध्यक्ष महेन्द्र यादवले घटना संबेदनशिल रहेकाले त्यसको सुक्ष्म छानविन गरि दोषी माथि कार्वाही गर्नुपर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया