एक महिलाको हत्या – Nagarikabhiyan : National News

एक महिलाको हत्या

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नंम्बर १ ढोकमा एक महिलाको हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ ढोकका ३२ वर्षीय पती लालुप्रसाद उराँवले आफ्नै पत्नी ३० वर्षिया चन्द्रकला उराँवको खुकुरी प्रहार गरी हत्या गरेको हो । प्रहरीका अनुसार लालुप्रसाद र चन्द्रकला बीचमा घरायसी बादबिबाद हुदाँ पतीले माघ ७ गते शुक्रबारराती पत्नीको हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाका अनुसार चन्द्रकलालाई पती लालुप्रसाद उराँवले गएराती आफ्नै घरमा समान्य विवाद भएको र त्यसको रिसआवेगमा आएर धारिलो हतियार खुकुरी प्रहारगरी हत्या गरिएको प्रारम्भीक जानकारी आएको छ ।
लालुप्रसादले शुक्रबार राति साढे ९ बजेको समयमा पत्नी चन्द्रकलाको घाँटीमा धारिलो खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उपचारका लागि अस्पातल लाने क्रममा मृत्यु भएको स्थानीयहरुले बताएका छन् । स्थानीय पत्रकार सुरेन्द्र मेहताले भने खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रकलाको घरमै मृत्यु भएको जानकारी दिनुभएको छ । खुकुरी प्रहार गरेपछि तत्काल फरार भएका लालुप्रसादलाई स्थानीयवासीहरूले खोजी गरि प्रहरीलाई राती नै जिम्मा लगाएका छन् । हत्या गरिएको लालुप्रसादको पत्नीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरूवामा राखिएको छ ।