पितृदोषको कारण र निवारण
१६ भाद्र २०७७, मंगलवार १५:०४
कुण्डलीमा नवौं भावलाई भाग्य स्थान वा कर्म स्थान भनिन्छ । त्यसै गरी यो भावलाई पिता, पितृ, अथवा पूर्वजहरुको भावको रुपमा पनि लिने गरिन्छ । त्यसैले यो स्थान विशेष रुपमा क्ुण्डलीमा महत्वपूर्ण हुनजान्छ । पूर्वीय ज्योतिष शास्त्र अनुसार पितृदोषका विभिन्न कारणहरु हुन्छ । पूर्वजन्मको पाप, त्यसैगरी पितृहरुको अपहेलना, पितृकर्मबाट विमुख हुनु जस्ता कार्य पितृदोष हुनका लागि मुख्य कारण मानिन्छ । सामान्यतय कुनै पनि व्यक्तिको जीवन सुख दुखले मिलेर बनेको हुन्छ र त्यससलाई भोग्नु पनि पर्ने हुन्छ । जीवनभरीमा एकचोटी सुखले साथ छोडे पनि दुःख कुनै न कुनै रुपमा साथै रही ने रहेको हुन्छ । धन सम्पत्तीले पूर्ण भएको अवस्थामा पनि सन्तानबाट सुख प्राप्त नहुनु, त्यसै गरी जीवनमा असफलता, पारिवारि कलेश, उन्नतीमा अवरुद्ध जस्ता कारणले मानिस प्रताडित भएको हुन्छ । यस्ता प्रकारका दुखका लागि जातकलाई पितृ दोष मुख्य कारणको रुपमा रहेको पाइन्छ ।
पितृ भन्नाले कुनै व्यक्तिको पूर्वज भन्ने वुझिन्छ । आफ्नो परिवारका त्यस्तो व्यक्ति जो हाम्रो मृत्यु वरण गरिसकेका हुन्छन् पितृरुपमा पूजित हुन्छन् । कुने पितृहरु मोहवस अथवा असमय मृत्युवरण गर्नपुगेका अथवा मृत्युपश्चात गरिने वैदिक कार्यबाट वञ्चित भएकाहरु मृत्युलोकमा अन्वरत अतृप्त भएर विचरण गरीरहेका हुन्छन र तिनीहरुलाइै मोक्ष प्राप्ति भएको हुदैन ।
यस्ता पितृहरुले आफ्ना सन्तान सन्ततीहरुबाट पितृलोकको अथवा मोक्षको बाटो खोलिदिउन् भन्ने आशा राख्दछन् । पितृहरुले आफ्ना सन्तानबाट राखेको आशा अपूर्ण भएपछि उनीहरुले आपूmलाई अपहेलित, अपमान गरेको ठानी पितृहरु कुपित हुनेगर्छन् । यस्तो अवस्थालाई पनि पितृदोषको रुपमा हेरिने गरिन्छ ।
कुनै पनि जातकको कुण्डलीमा नवम भावमा सूर्य र राहू को युति भएको अवस्थामा पनि पितृदोषको योग बनेको हुन्छ । ज्योतिषशास्त्रका अनुसार सूर्य तथा राहु जुनभावमा वसे तापनि त्यो भावको सबै शुभफल नष्ट गरिदिन्छन् । त्यस्ता जातकले विभिन्न प्रकारका कष्ट सहेर जीवनयापन गर्नु पर्ने देखिन्छ ।
पितृ दोष भएको जातकको परिवारमा विभिन्न प्रकारका अनहोनी घटना र उपद्रवहरुले पितृदोषको संकेत गरिरहेको हुन्छ । जस्तै परिवारमा अकाल मृत्यु, अकस्मात दुर्घटा हुनु, पारिवारिक कलेश उत्पमन्न हुनु, सपनाहरु विग्रनु अथवा नराम्रो सपना देख्नु, परिवारमा कुनै व्यक्तिले वन्दि जीवन विताउन वाध्य हुनु, जस्ता विभिन्न समस्याको सामना पितृदोषबाट पिडित व्यक्ति स्वयं वा परिवारका सदस्यहरुले गर्नु पर्ने देखिन्छ ।
हिन्दू शास्त्र अनुसार देवताको पूजा भन्दा पहिले पितृहरुको पूजा आराधना गर्ने विधानको उल्लेख गरिएकोछ । हिन्दूशास्त्रमा देव कार्य भन्दा धेरै पितृ कार्यको महत्व वर्णन गरिएकोछ । त्यसैले देवताहरुलाई प्रसन्न गर्नु भन्दा पहिले पितृहरुलाई तृ्प्त गर्नुपर्ने हुन्छ जसले सवै कष्ट र दोषहरुको न्यूनीकरणमा सहयोग हुनजान्छ । पितृहरुलाई शान्त र तृप्त पार्ने उपायहरु निम्न रहेका छन्् .
पितृदोष शान्तिको उपाय
१) आश्विन मासको कृ्ष्ण पक्षमा पूर्वजहरुको मृ्त्यु तिथि अनुसार तिल, कुश, पुष्प, अक्षता, शुद्ध जल अथवा गंगा जल सहित पूजा गरेर, पिण्डदान, तर्पण आदि कार्य गरेर ब्राह्माणहरुलाई आफ्नो सामथ्र्य अनुसार भोजन, फल, वस्त्र, दक्षिणा आदि दान दिएर पितृ दोष शान्त गर्न सकिनछ । ध्यादिनु पर्ने कुरो के हुन्छ भने जसले आफ्नो पितृहरुको मृत्यु तिथि थाहा छैन भने, यस्तो अवस्थामा आश्विन मासको अमावस्या तिथिमा उपरोक्त कार्य विधिविधान अनुसार पूर्ण गरो भने पितृहरु शान्त हुन्छन् । यो तिथिमा ज्ञात अज्ञात पितृहरुको आवाह्न र पूजन गरेर श्राद्ध गर्न सकिन्छ ।
२) पीपलको रुखको पूजा गर्नाले र वर पिपलको विवाह गरिदिनाले पनि पितृदोषबाट मुक्ति प्राप्त गर्न सकिन्छ ।
३) सोमवार परेको अमावस्याको दिन पितृको नाममा संकल्प गरेर आपूmबाट ज्ञातअज्ञात भएका गल्तीको क्षमायाचना गरेर ब्राह्मण भोजनका साथै वस्त्र दक्षिणा दान दिनाले पितृदोष कम गर्न सकिन्छ ।
४) अमावस्याको दिन दक्षिण दिशामा दियो वालेर पितृहरुलाई आह्वाहन गरेर दुध वा दुधबाट वनेको नैवेद्य अर्पण गर्नाले पितृदो कमगर्न सकिन्छ ।
५) आफ्नो घरमा पुराणको आयोजना गरेर पुराण श्रवण गर्ने गराउने कार्यले पितृदोषबाट मुक्ति प्राप्त गर्न सकिन्छ ।
६) सूर्योदयको सकमयमा सूर्यलाई अर्घ दिएर प्रार्थना गरेर गायत्री मंत्रको जाप गर्ने ग¥यो भने सूर्य प्रसन्न हुन्छन् जससले पितृदोषमा कमी आउदछ ।
७) जन्मकुण्डलीमा सूर्य कमजोर हुनु पितृदोषको सूचक मानिन्छ त्यसैले सूर्यलाई बलवान बनाउन र प्रसन्न पार्नको लागि माणिक्य धारण गर्नाले पिर्तदोषको प्रभावबाट सरिरला रक्षा गर्दछ । ८) माता पिताका साथै अन्य वृद्ध वृद्धाको निष्काम भावले गरेको सेवाबाट पितृदेव प्रसन्न भएर आशिर्वाद दिन्छन् जसले सवैप्रकारका पितृदोषको निवारण हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया