सुनसरीमा अन्याय, अत्याचार र दमन विरुद्ध विशाल मोटरसाईकल र्याली – Nagarikabhiyan : National News

सुनसरीमा अन्याय, अत्याचार र दमन विरुद्ध विशाल मोटरसाईकल र्याली

सुनसरी सदरमुकाम इनरुवामा सनातन धर्म संरक्षण मञ्चले देशमा बढेको अन्याय, अत्याचार र दमन विरुद्ध विशाल मोटरसाईकल र्याली निकालिएको छ । सनिबार इनरुवामा एक हजार बढी मोटरसाईलमा युवाहरुले देशमा शान्ती, सुशासन कायम गर्नुपर्ने र अन्याय, अत्याचार र दमन बन्द गर्नुपर्ने माग सहित मोटरसाईकल र्याली निकालिएको हो ।
इनरुवामा भेला भएको मोटरसाईकल टोलीले सुनसरीको कोशी गाउँपालिका १ को लौकही बजार हुदै मोटरसाइकल ¥याली जिल्लाको बिभिन्न स्थानीय तहमा परिक्रममा गरी पुनः इनरुवामा कोण सभा गरेर ¥याली सम्पन्न गरेको छ ।

मेटरसाईलक ¥याली विहान इनरुवा हुदै लौकही र लौकही हुदै फेरी इनरुवा पूर्व राजमार्ग हुदै रामधुनी, झुम्का, इटहरी, दुहवी हुँदै पुनः इनरुवासंगै लौकहीमा कोण सभा गरेको सनातन धर्म संरक्षम मञ्चका कार्यवाहक अध्यक्ष राजेश यादवले जानकारी दिनुभयो ।
कोण सभामा कौशल किसोर कर्ण, बुधनारायाण यादव , राजेश हिन्दु, दिलिप साह सहितले बोल्नुभएको थियो ।

विशाल मोटरसाइकल ¥याली सनातन धर्म संरक्षम मञ्चको अगुवाई र हिन्दु स्वयंसेवक संघ नेपाल ,हिन्दु राष्ट्रिय स्वाभिमान जागरण सुनसरीको सहकार्यमा निकालिएको थियो । र्यालीमा सहभागीहरुले सनातन धर्म माथि निरन्तर भई रहेको अन्याय, अत्याचार, दमन शोषण विरुद्ध हिन्दु एकतामा जोड दिएका छन् । यसअघि पनि नेपाल सरकारसँग बिभिन्न मागहरु राख्दै मोटरसाइकल ¥याली प्रदर्शन गरेको मञ्चले पुन स्मरण गराउन पनि र्याली गरेको जनाएको छ ।
उनीहरुले नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने, हिन्दु आयोगको स्थापना गर्नुपर्ने, अन्तरधार्मिक विवाहलाई कानुनी रुपमा बन्देज लगाउनुपर्ने लगायतको बिभिन्न मागहरु अघि सारेका छन् ।