बराहक्षेत्रमा सम्पन्न , बराहक्षेत्रमा स्काउटको पनि सेवा
४ मंसिर २०७८, शनिबार १६:३८
सुनसरीको बराहक्षेत्र नगरपालिका अन्तरगत रहेको बराह क्षेत्र मन्दिरमा लाग्ने कार्तिक पूर्णिमाको मेला हर्सोल्लासका साथ सम्पन्न भएको छ । बराह क्षेत्र मन्दिरमा सम्पन्न भएको कार्तिक पूर्णिमाको मेलामा नेपालको विभिन्न जिल्ला सहित भारत, भुटाहा र श्रीलंकासम्मका हिन्दु्धर्मालम्बी पर्यटकहरु आएका थिए । उनीहरुले कोशी र कोकाबहारबाट जल लिएर बराह मन्दिरमा अर्पण गर्दै हर्सोल्लासका साथ पुजापाट र मेला गरेका छन् । यसैबीच मेलामा ठूलो भीडभाडलाई व्यवस्थापन स्काउट सुनसरीले स्वमंसेवकको रुपमा सेवा प्रदान गरिएको छ । यही मंसिर १,२ र ३ गते लागेको भक्तजनहरुको चापलाई व्यवस्थापन गर्न दर्शनका लागि सहजता प्रदान गर्ने, वृद्धअशक्तलाई सहयोग, हराएका बालबालिका तथा अन्य व्यक्किहरुको उद्धार र घाइतेहरुको सेवामा खटिएका थिए । बराह क्षेत्र संरक्षण मञ्चको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटहरु परिचालित भएका थिए । सुनसरी आयुुक्त लक्षमण राईको नेतृत्व स्काउट टोली परिचालन भएको थियो । स्काउटरहरु पवित्रा श्रेष्ठ, देवकृष्ण यादव, नरेन्द्र खत्री, प्रतापराज शाही र रजाराम यादवको नेतृत्वमा रोवर रेञ्जरहरु परिचालन भएका थिए । मेला भर्न नेपाल र भारतका हजारौँ भक्तजनहरुको सहभागि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया