बालदिवशमा बकतृत्वकला सम्पन्न – Nagarikabhiyan : National News

बालदिवशमा बकतृत्वकला सम्पन्न

आज नोभेम्बर २० अर्थात ३२ औं अन्र्तराष्ट्रिय बाल दिवस । विश्वरभर विभिन्न कार्याक्रम गरि मनाइदैछ । बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मितीमा मनाउदै आएको भएता पनी अन्तराष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारीकमा मनाइन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ताहरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो । जसमा बालबालीकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो । तर नेपालको परिवेशमा हेर्ने हो भने सबै बालबालिकाले आफ्नो हक अधिकार प्रयोग गर्न नपाएको तितो यथार्थ छ ।
यसैबीच सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगंजको जनता माविमा अन्तराष्टिय बाल दिवशको अवसरमा वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । इन्सेकको सहयोग, विद्यालय र बाल अधिकार चेतना समूहको आयोजनामा विद्यालयमा वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको प्रतियोगितामा सूर्यनारायाण मण्डल प्रथम, निलम यादव द्धितिय, बबिता मण्डल तृतिय र निमर्ला मण्डल सान्तवना भएको विद्यालयका शिक्षक रंगलाल भट्टराईले जनाकारी दिनुभयो । विजयी प्रतियोगिहरुलाई पुरस्कार समेत वितरण गरिएको भट्टराईले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई शिक्षक बैदनाथ प्रसाद देव, सुरेश प्रसाद गुप्ता, राजेश्वर प्रसाद यादव, सुमित्रा यादव, सब्बिर आलम, इन्द्रलाल उराँव, देवकी यादव, आरती चौधरी, ललिता मेहता सहितको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो ।