सीमाक्षेत्रबाट लागू औषध (गाँजा) वरामद
२ मंसिर २०७८, बिहीबार १७:१२
इनरूवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सीमावर्ती देवानगन्ज –४ कप्तानगज यादव टोलबाट लागु औषध गाजाँ बरामद गरेको छ । नेपाल भारत सिमाना नेपाल सरहदमा ईलाका प्रहरी कार्यालय देवानगन्ज, प्रहरी चौकी कप्तानगन्ज र बि.ओ.पि. कप्तान्गन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा गाजाँ बरामद गरेको हो । बुधबार दिउसो ट्रयाक्टरको ट्रलीमा गाजाँ तस्करी गर्दै गरेको अवस्थामा स्थानीय सन्तोषकुमार मेहतालाई जागाँ सहित पक्राउ गरेको थियो । पक्राउ परेका मेहताले ट्रलाी छाडेर चालक लगाई इन्जिन लुकाएका थिए तर प्रहरीले मेहताले प्रयोग गरेको को.२९.प.८४८६ नंम्बरको मोटरसाईकल तत्कालै प्रहरीको नियन्त्रणमा लिईएको थियो । चेकिङमा रहेका ईप्रका देवानगन्जका प्रहरी निरीक्षक वद्रिविक्रम दाहालको कमाण्डमा टेक्टरको ईन्जिन खोजीका लागि परिचालन भएको थियो । उक्त टोलीले सो टेक्टरको ईन्जिन प्र–१–०४–००१ त ०६६६ देवानगन्ज – ४ कौवाखोज स्थित वासको झाँङमा लुकाई राखिएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका सन्तोषकुमार मेहता विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार विहीबार सुनसरी जिल्ला अदालतबाट ७ (सात) दिन म्याद लिई थप अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया