सुशासनका लागि नैतिकता आवश्यक – Nagarikabhiyan : National News

सुशासनका लागि नैतिकता आवश्यक

 

राष्ट्रिय सतर्कता केन्द्र नेपालले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुशासन प्रवद्धन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित सुशासन प्रवद्धन कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्र नेपालका उपसचिव तोयानाथ उप्रेतीले देशमा सुशासनका लागि नैतिकता आवश्यक रहेको बताउनुभएको छ । वहाँले सार्वजनिक पद धारण गरेका कर्मचारी होस की जनप्रतिनिधि सहितका व्यक्तिले आफ्नो जिम्मेबारी इमान्दारीता र नैतिकताका साथ पुरा गरे पूर्ण सुशासन कायम हुने बताउनुभयो । वहाँले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुदै आफूहरुले केन्द्रमा सम्पति विवरण भरे नभरेको सूचना राख्ने, सम्पती विवरण बुझ्ने , सार्बजनिक निकायहरुबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्ट्राचार सम्बन्धमा उजुरी संकलन गर्ने काम समेत गर्दै आएको बताउनुभयो । वहाँले केन्द्रले सार्बजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रबाह प्रभाबकारी तुल्याउन नियमन, अनुगमन गरि सुझाब, निर्देशन दिने.
सार्बजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति र आयको अनुगमन गर्ने.विकास निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरि तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राबिधिक परीक्षण गर्ने समेत काम गर्ने भएकाले त्यसको बारेमा सरोकारबालाहरुलाई जानकारी गराउनुभयो ।


भ्रष्ट्राचार निवारणका लागि जिल्लास्तरमा जनचेतना मुलक गोष्ठी तथा अन्य प्रचार प्रसारका कार्यक्रम संचालन गर्ने क्रममा राष्ट्रिय सतर्कता केन्द्र नेपालले सीमावर्ती क्षेत्र भोक्राहा नसिंहमा पनि सुशासन प्रवद्धन कार्यक्रम गरेको बताउनुभयो । त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्र नेपालका नायव सुब्बा उमेश कुमार मेहताले आफूहरु सुशासन कायम गर्नका लागि बेलाबखत विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोशाक, सिट छड्के जस्ता सुधारत्मक कार्यहरु गर्ने गरेको कार्यपत्र मार्फत जानकारी दिनुभयो । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका कार्यावहाक अध्यक्ष पुनम कुमारी मेहताले विकास र समृद्धिका लागि सुशासन अति आवश्यक भएकाले आफुहरु सक्दो सुशासन प्रवद्धनमा लागेको बताउनुभयो । गाउँ तथा वडाका कार्यक्रममा पनि पारदर्शिता र जवाफदेहितालाई पूर्ण ख्याल गरोको बताउनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत रामचरित्र मेहताले गाउँपालिकामा राष्ट्रिय सतर्कता केन्द्र नेपालले कार्यक्रम गरेकोमा धन्यादव दिनुहुदै पालिकामा सुशासनका लागि बजेट तयारीदेखी कार्यान्वयसम्म सहभागीता र जनसहभागीता तथा पारदर्शिताको कार्य गर्दै आएको बताउनुभयो । मेहताले आफूहरुले पाँच लाख मुनीका बजेटमा उपभोक्ता समिति र त्यसमाथिका सबै इभिडिंगमा काम गर्दै आएकाले केही हदसम्म सुशासनका लागि सफलता मिलेको बताउनुभयो ।  १, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय सतर्कता केन्द्र नेपालद्धारा आयोजित सुशासन प्रवद्धन कार्यक्रमका सहभागीहरु ।

तस्बिर ः जयकृष्ण यादव । इनरुवा