सितागञ्ज नहर विवादमा उपभोक्ता संस्थाको प्रतिवाद
२२ कार्तिक २०७८, सोमबार १६:१६
सुनसरी मोरङ सिचाई आयोजना अन्तर्गत सितागञ्ज मूल तथा शाखा नहरको विषयमा थालिएको आन्दोलनलाई जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले बेतुकको फण्डाबाजी बताएका छन ।
दुहवीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले संस्थागत धारणा सार्वजनिक गर्दै आफुहरुमाथि लगाइएको आरोपलाई निराधार र तथ्यहीन बताएका हुन ।
संर्घष समितिका अध्यक्ष सुभालाल यादवले उठाएका विषयलाई जल उपभोक्ता संस्थाका अध्यक्ष तपन दासले वेतुकको फण्डाबाजी भएको बताए । दासले आफुहरुमाथि लगाइएको सबै आरोप प्रतिवाद गर्न तयार रहेको समेत बताए । उनले आफुहरु कानुनी रुपमा प्रकृया संगत चलेको दाबी गरे ।
अध्यक्ष दासले असन्तुष्टिका विषयमा वार्ताका माध्यमबाट समाधान खोज्न सकिने भएपनि यादव नेतृत्वको संर्घष समिति भने बखेडाबाजी गरेर आफुहरुको बदनाम गराउने प्रपञ्चमा जुटेको बताए ।
आफुहरु नियम संगत चले नचलेको भन्ने विषय जिम्मेबार निकाय सुनसरी मोरङ सिचाई आयोजनाले निर्क्योल गर्ने भएकाले असन्तुष्ट पक्षलाई कानुनी बाटो रोज्न दासले पत्रकार सम्मेलन मार्फत सुझाव समेत दिएका छन ।
पत्रकार सम्मेलनमा उपस्थित जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औरावनी २ का पदाधिकारीहरुले विगतमा समिति भित्रै रहेका व्यक्तिले अहिले आएर विरुद्धमा आन्दोलन थाल्नुलाई स्वार्थ केन्द्रीत राजनितीको संज्ञा दिएका छन । झुटा आरोप लगाएर अनायासै तालाबन्दी र आन्दोलनमा उत्रनुलाई उनीहरुले कानुन विपरित भएको ठहर गरेका छन ।
जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले आफुहरु कानुनी आधारमा बलियो रहेको दावी पेश गर्दै संघर्ष समितिले उठाएका विषय प्रतिवाद गर्न तयार रहेको बताएका छन । यावत विषयमा उनीहरुले प्रहरी–प्रशासन र आयोजना कार्यालय मार्फत कानुनी बाटो खोज्ने बताए ।
उता सितागञ्ज उपभोक्ता संघर्ष समितिले भने विगत लामो समययता शाखामा तपन
दासको एकल नेतृत्व हाबी रहेको बताएको छ । उसले दासमाथि आर्थिक हिनामिना र किसान हीत विपरित काम गरेको आरोप लगाएको छ । संघर्ष समितिले नयाँ नेतृत्व चयन हुनुपर्ने माग सहित आन्दोलनमा उत्रिएको बताउँदै आएको छ । उक्त समिति एक महिनायता संघर्षरत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया