नेपाल सम्वत् ११४२ न्हूदँया भिन्तुनाको अवसरमा शुभकामना कार्यक्रम
१९ कार्तिक २०७८, शुक्रबार १६:१६
सुनसरी सदरमुकाम इनरुवामा नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झिगु नेवा समाज इनरुवाको आयोजनामा नयाँ वर्ष नेपाल सम्वत् ११४२ को अवसरमा न्हूदँया भिन्तुना तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न भएको कार्यक्रममा न्हूदँया भिन्तुनाको अवसरमा सहभागीहरुले एकआपसमा नेपालको मौलिक सम्वत् नेपाल सम्वत् ११४२ नयाँ वर्ष शुभारम्भको सुख्द उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल सम्वत्का प्रवर्तक एवं राष्ट्रिय बिभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय बताउनुहुदै इनरुवामा समाजको भवन निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
वहाँले भन्नुभयो, नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नु भएको थियो । शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियान्ता र नेपाल सम्वत्का प्रवर्तक हुनुहुन्थ्यो । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पु¥याउनु भएको योगदान हामी सबैका लागि प्रेरणादायी छ ।
त्यसैगरी गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक राज्य भएको र त्यसमा नेवार समुदायले मनाउने न्हूदँया भिन्तुनाको शुभकामना दिनुभयो । नेपाल राज्यको निर्माणमा विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदाय र व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रही आएको बताउदै यादवले नेपाल सम्बतलाई मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।
कर्यक्रममा उद्योग वार्णिय संघ इनरुवाका अध्यक्ष विरेन्द्र साहले आजको २१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिने भएकाले त्यसमा जोड दिनुभयो । गणतन्त्र स्थापनापछि नेपाल सम्वत्लाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरेका भएपनि कामकाली रुपमा प्रयोग नभएकाले त्यसका लागि पहल गनुपर्नेमा सहभागीहरुले जोड दिनुभयो ।
पत्रकार महेश गुरागाईले अहिले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी सबैको काँधमा रहेकाले त्यसमा ध्यान दिन जोड दिनुभयो ।
इनरुवा उपप्रमुख जमुना गौतम पोखरेलले सबैको सहकार्य, एकता र पहलकदमीबाट नेपाल सम्वत्ले सफलता पाउने बताउनुभयो । वहाँले सो अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्र्नभयो ।
न्हूदँया भिन्तुना कार्यक्रममा सहभागीहरुले महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को सुखद अवसरमा नगरबासी तथा स्वदेश एवंम विदेशम रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए । न्हूदँया भिन्तुना कार्यक्रममा नेपाली कागेंस इनरुवा उपसभापती तथा हाम्रो सहयात्रा मञ्चकी अध्यक्ष विनिता दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्की, इनरुवा १ का वटा अध्यक्ष रामचन्द्र पौद्धार, नेपाल चलचिञकर्मी संघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान, नेपाल आदीबासी जनजाती समहासंघ इनरुवा अध्यक्ष दुलीचन्द चौधरी, थारु कल्याणकारी सभाका रोहति चौधरी, उधोग वार्णिज्य संघका सहसचिव सुरेन्द्र साह, सदस्य उमेश गुप्ता, सोभा श्रेष्ठ, कोपीला श्रेष्ठ, सुन्दर कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम झिगु नेवा समाज इनरुवाका अध्यक्ष सुन्दर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव लालबहादुर श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रम संयोजक महेश कुमार श्रेष्ठका अनुसार एतिहासिक रुपमा सबै सरोकारबालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेवार समुदायका जेष्ठ नागरिक रामबहादुर श्रेष्ठ र अर्का एक गरी दुई जनालाई सम्मान गरेको थियो । ,







फेसबुकबाट तपाईको प्रतिक्रिया