कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ
१९ कार्तिक २०७८, शुक्रबार १३:२४
काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । बिहीबार राती विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले राजधानीको नयाँ बस्तीबाट लामासहित १८ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंकाका अनुसार लामासहितका १८ जना जुवाडेबाट ६ लाख १८ हजार रुपैयाँ नगद पनि बरामद भएको छ । लामा यही असोज १९ गते दोलखा कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् । जुवा खेलाउने काममा सहभागी भएका सागर लामा फरार भएको र उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया