छिटाहामा पहिलो पटक कालोपत्रे, स्थानीय खुसी – Nagarikabhiyan : National News

छिटाहामा पहिलो पटक कालोपत्रे, स्थानीय खुसी

सुनसरीको गढी गाउँपालिका ४ छिटाहाका सुनिल साहले गाउँमा पहिलो पटक कालो पत्रे भएकोले आफूहरुलाई राहतको महसुस भएको बताउनुभएको छ । गाउँमा पहिलो पटक तीन किलो मिटर बाटो कालोपत्रे भएकाले साहले आफूहरुलाई राहतको महसुस भएको सुनाउनुभयो । वहाँले एउटै वडामा २४ किलोमिटर सडकमा उच्चस्तरीय ग्राभेल र तीन किलोमिटर कालो पत्रे भएकाले हिलो धुलो मुक्त बाटोबाट यात्रा गगर्न पाएको बताउनुभयो । गढी गाउँपालिका ४ मा जनप्रतिनिधि आएको साढे चार वर्षको अवधीमा विभिन्न १३ स्थानमा वडाको बजेट र पालिकाको समन्वयमा उच्च स्तरीय ग्राभेल देखी तीन किलोमिटर सडकबाटो कालो पत्रे भएको वडा अध्यक्ष रामचन्द्र महतोले जानकारी दिनुभयो । वडामा भएको सडक बाटोमा नाला निर्माण सहित कालोपत्रे, उच्चस्तरीय ग्राभेलको कार्य सम्पन्न भएको वडा अध्यक्ष महतोले जानकारी दिनुभयो ।
वडामा सबै काममा उपभोक्ताहरुको समेत जनश्रमदान रहेकाले काम राम्रो भएको महतोले जानकारी दिनुभयो । वहाँले आफू निर्वाचित भएपछि पानी जम्ने, मानिसलाई आउनजान समस्या भएको जिर्ण बाटोदेखी ग्राभेलसम्मको बाटोहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा सुरुमा अनुगमन गरेर योजना बनाएको र क्रमशः काम गर्दै जादाँ हालसम्ममा तीन किमि बाटो कालोपत्रे गरेको जानकारी दिनुभयो ।

वडाध्यक्ष महतोका अनुसार साविक छिटहा गाविसमा संचालन हुदै आएको वडा कार्यालयको आफ्नै भवन निर्माण गरेर गाउँमै वडा कार्यालय संचालन गरिएको, वडामै आधारभुत स्वास्थ्य केन्द्र संचालन गरेको , तीन विद्यालयमा छेराबेरा, वाल निर्माण, प्रवेशद्धार निर्माण, मर्मत सम्भार, फौदारस्थान आधारभुतमा आठ कोठे भवन निर्माण सहित चार आथिर्क वर्षमा बिभिन्न १०० वटा योजना तथा कार्यक्रमहरु सञ्चालन गरेको छ । वडामा महिला स्वंयसेविकाको खाजा खर्चदेखी सडक बाटोमा कालोपत्रे गर्ने कामसम्मको योजना रहेको बताउनुभयो ।
विद्यार्थी टिकाउनका लागि खाजा कार्यक्रम र निःशुल्क पाठयपुस्तक तथा बालमैत्री कक्षा कोठाको ब्यवस्था गरिएको तथा नियमित रुपमा जनप्रतिनिधिबाट अनुगमन तथा निरिक्षणको काम भईरहेको जानकारी दिनुभयो ।

आजको सत्य संसार पत्रिकामा खवर छ ।