शैक्षिक सुधारका लागि क्याम्पस अनुगमन
९ कार्तिक २०७८, मंगलवार १७:०८
सुनसरी सदरमुकाम इनरुवाको उच्च शिक्षा क्षेत्रको अग्रणी संस्था सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि नगर प्रमुख राजन मेहताले अनुगमन तथा निरिक्षण गर्नुभएकोे छ । इनरुवाको उच्च शिक्षाको पुरानो संस्था भएर पनि पछि परेको गुनासो बढेको बेला इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले मंगलबार क्याम्पसको स्थलगत अवलोकन, अनुगमन तथा निरिक्षण गर्नुभएको हो । इनरुवा नगरपालिकाको गहनाको रुपमा रहेको सुनसरी बहुमुखी क्याम्पसमा साइकल पार्किङ, खानेपानीको ब्यवस्थापन, क्याम्पस सरसफाई र पुस्तकालायको ब्यवस्थापन, क्याम्पसमा आधुनिक भवन निर्माण, क्याम्पस सुधारका कार्यक्रमहरु ल्याउने निरिक्षणको क्रममा मेहताले बताउनुभएको सहभागी नेविसंघका नेता सेराज हुसेनले बताउनुभयो । सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि गरिएको अनुगमनमा नगर प्रमुख राजन मेहता सहित अधिवत्ता रामप्रसाद घिमिरे, विधार्थी नेताहरु तथा क्याम्पस समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । अनुगमनमा देखिएको सवाललाई सम्बोधन गर्ने र संघीय सरकारबाट समेत बजेटका लागि पहल गर्ने नेपाली काग्रेंसका इनरुवा सभापती समेत रहेका मेहताले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया