अमेरिकी अनुसन्धान चोर्न चीनले खटाएको २ ह्याकरमाथि अभियोग दर्ता
७ श्रावण २०७७, बुधबार १०:१७
काठमाडौं । अमेरिकी अनुसन्धान चोर्न खोजेको भन्दै दुई चिनियाँ नागरिकमाथि अभियोग दर्ता गरेका छन् ।
अमेरिकाको न्याय विभागले अमेरिकी अनुसन्धान चोर्न खोजेको भन्दै दुई चिनियाँ नागरिकमाथि अभियोग दर्ता गरेको हो । चीनले सूचना चोर्नका लागि ह्याकरहरू खटाएको अमेरिकाले आरोप लगाएको छ ।
कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथिका सूचना चोर्न चीनले ह्याकरहरू नै नियुक्त गरेको अमेरिकाको न्याय विभागले आरोप लगाएको हो । सोही आरोपमा अमेरिकी न्याय विभागले दुई चिनियाँ नागरिकमाथि अभियोग दर्ता गरेको हो ।
कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको अभियोगमा लि सिओयु र दोङ्ग जिझी नाम गरेका दुई जनालाई मुद्दा दायर गरिएको हो । उनीहरू इलेक्ट्रिकल इन्जिनियरिङ्गका पूर्वविद्यार्थी रहेको खुलेको छ ।
उनीहरुले चीनको सरकारी एजेन्टबाट सहयोग प्राप्त गरेकोसमेत अमेरिकी दाबी छ । कोरोनाभाइरसको विश्वव्यापी महामारीले दुई देशबीचको सम्बन्ध झन् नराम्रो बनाइदिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया