राष्ट्रिय शिक्षक समाज नेपालको जिल्ला अध्यक्षमा सुमन मेहता चयन
२३ आश्विन २०७८, शनिबार १८:३६
सुनसरीको इनरुवामा शिक्षकहरुको भेलाले उपेन्द्र यादवको पार्टीको भातृ संस्था संघीय शिक्षक फोरम, बाबुराम भट्टराईको पार्टीको समाजवादी शिक्षक र लोकतान्त्रिक शिक्षक युनियनको समायोजना समिति गठन गरिएको छ । तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ती, तराई मधेस लोकतान्त्रिक पार्टी एकीकरण गरेर जनता समाजवादी पार्टी बनेको वर्षौं समय बितेपछि जिल्लामा उनीहरु निकट शिक्षक संगठनको समायोजन गरिएको हो । संघीय समाजवादी फोरम निकट संघीय शिक्षक फोरम र नयाँ शक्ती निकट शिक्षक समाज, लोकतान्त्रिक समेतलाई समायोजन गर्दा बनेको राष्ट्रिय शिक्षक समाज नेपालको जिल्ला अध्यक्षमा सुमन मेहता चुनिएका छन् ।
२९ सदस्यीय राष्ट्रिय शिक्षक समाजको उपाध्यक्षमा चन्द्रिका यादव, तोर्ण विक, देवराम यादव र सूर्यनारायण मेहता, सचिवमा नन्दकिसोर यादव, सह–सचिवमा प्रकाश कायश्थ र विरेन्द्र साह तथा कोषाध्यक्षमा रघुनन्दन मेहता चयन भएका छन् । समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी बनेको पनि लामो समय वितिसकेको अवस्थामा बल्ल राष्ट्रिय शिक्षक समाजको समायोजन समिति बनाइएको हो ।
सदस्यहरुमा सुनिल कुमार भगत, बैजनाथ प्रसाद देव, मनिष खतिवडा, हेमराज नेपाली, अकाशा भाती, अनिरुद्ध प्रसाद यादव, देवकी यादव, रमानन्द यादव, सूर्यनारायण मेहता, उमेश नारायण मेहता, विनय कुमार झा , कालिचरण मेहता, रघुनन्दन मेहता, अशोक कुमार मेहता, ललिता यादव, अखिलेश मेहता, राजेश्वर यादव, बेचन खंडगा यादव, गुणेश्वर यादव र मुरली प्रसाद यादव चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा विरेन्द्र यादव र अजितकुमार मल्लिक रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया