कुरिलो खानूस्, यस्ता छन् फाइदाहरु
२३ आश्विन २०७८, शनिबार १३:२५
कुरिलो एक औषधिजन्य वनस्पति हो । यो नेपालका सबै जसो भू–भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो्र काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन् । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ । यो मानव जीवनका लागि अत्यन्तै फाइदाजनक मानिएको छ ।
यस्ता छन् कुरिलो खानुका फाइदाहरु
—कुरिलाेकाे जरालाई पानीमा पकाएर जराको रसलाई दिनको दुईपटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने ठिक गर्छ ।
–यसको सुकेको वा ताजै जरालाई पिँधेर धुलो भए दुई चार चम्चामा ज्वानाे मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध नआएमा दुध आउँछ।
—यसले वात रोगलाई निर्मूल पार्छ ।
—यसले मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।
—यसले पुरुषहरुको विर्य कम आउने र पातलो आउनेलाई पनि मात्रा बढाउँछ ।
—राम्रोसँग पिसाब नआउने समस्या हल गर्छ ।
—यसले आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुलाई नियन्त्रण गर्दछ ।
—स्त्रीहरूको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग निको बनाउँछ ।
—यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गर्दा स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया