लौकहीमा जितिया महोत्सव कार्यक्रम सम्पन्न
१० आश्विन २०७८, आईतवार १९:५५
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा ऐतिहासिक रुपमा जितिया महोत्सव शुभकामना आदान प्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लौकहीको आयोजनामा आईतबार कोशी गाउँपालिका वडा नम्बर १ लौकहीमा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको हो । कोशीका ५ वटा वडाका महिला, सहकारी संस्थाका सदस्यहरु, सम्पूर्ण वडाबासिहरु तथा गाउँटोलबासिहरुको उत्साहजनक सहभागीतामा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको संस्थाकी कविता मण्डलले जानकारी दिनुभएको छ ।
संहकारीले कोशी गाउँपालिकाको कार्यालय लौकहीको सहयोगमा मधेसी तथा थारू समुदायका महिलाले मनाउने आस्था, निष्ठा र कठोर उपबासको पर्व जितियाको पूर्व सन्धयामा जितिया महोत्सव कार्यक्रम सम्पन्न गरेको संस्थाकी अध्यक्ष मोती मेहताले जानकारी दिनुभयो । समपन्न भएको जितिया महोत्सव कार्यक्रममा स्थानीय कलाकारहरुले धार्मिक अध्यात्मिक नृत्य, गायत र अभिनय गरेर सहभागीहरुलाई मनोरन्जन समेत प्रदान गरेको कार्यक्रम संचालक पवन रौनीयारले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अथिति कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफूले पाकिलाभरीका दुई हजार बढी महिलाहरुलाई सहकारीमा जोड्ने काम गरेको बताउनुभयो । वहाँले सिडिपी नामक संस्थाको प्रोजेक्टमा रहेका महिलाहरुलाई जिविकोपार्जन सहित बचत गर्न आफ्नै गाउँटोलमा सुलभमा आवश्यक पर्दा ऋण समेत लिन पाउने गरी सहकारी संस्था निर्माणमा सहयोग गरेको बताउनुभयो । अध्यक्ष अंसारीले साविकका ३९ वडा नागरिक सचेतना केन्द्रहरुलाई एकिकृत गरेर ११७० महिलाहरुको सामूहिक हितका लागि एउटा र अर्को २९ वटा नागरिक सचेतना केन्द्रहरुलाई एकिकृत गरेर ८३० महिलाहरुको सामूहिक हितका लागि सहकारी संस्था निर्माणमा सहयोग गरेको बताउनुभयो ।
वहाँले अहिले कोशी महिला बचत तथा ऋण सहकारीमा २९ लाख रुपियाँ र सप्तकोशी महिला बचन तथा ऋण सहकारीमा ३९ लाख रुपियाँ विउँ पुजीको रुपमा रहेकामा दुवैमा पाँच । पाँच लाख रुपियाँ थप अनुदान दिने घोषणा गर्नुभयो । वहाँले महिलाहरुको क्षमता, नेतृत्व र शिक्षामा पहुच भएको खण्डमा विकास हुने भएकाले आर्थिक क्रान्तिका लागि महिलाहरुको सकृयतामा बचत तथा ऋण सहकारीमा सहयोग गरेको बताउनुभयो । वहाँँले पाँच वर्षमा प्रत्येक सेयर सदस्यहरुको एक लाख बढी सेयर हुने र संस्थामा करौडोको कारोबार हुने अपेक्षा आफूले गरेको बताउनुभयो । कार्यक्रममा कोशीका नेपाली काग्रेंस सभापती तथा कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, कोशी १ का वडा अध्यक्ष राजकुमार साह, कोशी २ का अध्यक्ष द्रोपदी साह, भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अंसारी , नेपाली काग्रेंसका नेता सत्रुधन यादव, अधिकारकर्मी रमेश भट्टराई, कोशीका उपाध्यक्ष अनिता यादव, अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास र गोरखापत्र दैनिकका जयकृष्ण यादव, पत्रकार पवन रौनीयार सहितको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया