मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक योजना तयार
९ आश्विन २०७८, शनिबार १८:१७
सुनसरीमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरिएको छ । जिल्लामा मानव बेचबिखनलाई नियन्त्रण र रोकथाम सहितको कार्ययोजना र रणनीति निर्माण गर्दै पाँच वर्षे रणनीतिक योजना तयार गरिएको हो । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको अगुवाई भएको दुई दिने कार्यशालाबाट (२०७८÷०८२) पाँच वर्षे रणनीतिक योजना तयार गरिएको जनाएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र साझाँ सवालका लागि साझाँ मञ्च(कोकन) सुनसरीको सहजीकरण तथा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको आयोजनामा भएको मानव बेचविखन तथा ओसारपसार विरुद्ध(नियन्त्रण) रणनीतिक योजना पूनरावलोकन कार्यशालाबाट रणनीतिक योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । जिल्ला समितिका पदाधिकारी सहित अन्य सरोकारबालाहरुको सहभागितामा वृहत छलफल गरि सुनसरीमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका योजना निर्माण गरिएको ढकालले बताउनुभयो ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी रणनीतिक योजना निरोधक। संरक्षण, कानुन कार्यान्वयन, क्षमता विकास र सहयोग, समन्वय, सहकार्य र अनुगमन सहित पाँच वटा मूख्य सवाललाई समेटिएको मस्यौदा समितिका कोषराज न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार रणनीतिक योजनामा मूख्य कार्यहरु, जिम्मेबार निकाय र सहयोगी निकाय समेतको पहिचान गरिएको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यशालाले जिल्लामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि यसअघि निर्माण भएको रणनितिक योजना अध्यावधिक गर्ने कार्य समेत गरेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि रणनितिक योजना अध्यवधिक गर्ने योजनाको मस्यौदा तयार पार्नका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोकत्वमा मस्यौदा समिति बनेकोमा सोही समितिको सिफारिसमा योजना बनेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धीको विगतको कानूनको अस्पष्टता र अपर्याप्त प्रावधानलाई संसोधन सहित जिल्लामा रणनीतिक योजना बनाएको छ । कार्यशालामा बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल , सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेल, सशस्त्र प्रहरी निरिक्षक भुवन खड्का, रामधुनीका उपप्रमुख सविना चौधरी, बराहक्षेत्रका उपप्रमुख कमला मगर, कोकनका अध्यक्ष मंजीता उपाध्यय, हेमन्तराज पौडेल, कमल कोईराला, प्लानका सुशिल श्रेष्ठ, अधिवक्ता कोषराज न्यौपाने, शान्ती दनुवार, पत्रकार जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया