तत्काल बन्द विद्यालय खोल्नुपर्ने माग – Nagarikabhiyan : National News

तत्काल बन्द विद्यालय खोल्नुपर्ने माग

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ का नागरिकहरुले तत्काल बन्द विद्यालय खोल्नुपर्ने माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोग, मानव अधिकार समूहको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा नरसिंहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान र सरोकारबाला पहिचान गर्न वडास्तरीय कार्यक्रममा नागरिकहरुले तत्काल बन्द विद्यालय खोल्नुपर्ने माग गरेका हुन् ।
मानव अधिकार समूह र सरोकारवाहरूबिचको पािलका स्तरीय समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान गरी समाधान गर्ने निर्णय र पहल गर्ने प्रतिवद्धा अनुसार वडामा पनि कार्यक्रम गरेको समूहकी पुजा मण्डलले जानकारी दिनुभयो ।
कक्षा १२ का विधार्थीलाई खोप दिए जस्तै सबै विद्यार्थीहरूलाई कोभिड विरूद्धको खोप उपलव्ध गराउनु पर्ने, अनलाइन कक्षाको प्रभावकारी गाउँमा शुन्य झै रहेकाले भौतिक उपस्थितीमा तत्काल विद्यालय खोलिनुपर्ने, विद्यालयहरु व्यवस्थित गरिनुपर्ने, सवै स्वास्थ्य केन्द्रहरूमा ३५ प्रकारका औषधि निःशुल्क उपलव्ध गराउनु पर्ने, सरुवा तथा नसर्ने रोगको बारेमा सचेतना फैलाउनुपर्ने, निशुल्क औषधी वितरण सहज बनाउनुपर्ने विषयमा जोड दिएका थिए । समस्यालाई समाधान गर्न मानव अधिकार समूहले पहल गर्ने र सरोकारबालाहरुलाई ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाउने सदस्य नुनुलाल साहले बताउनुभयो । यसैगरी वडामै कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने, मल, विँउको उचित व्यवस्थापन र वास्तविक किसानको छनौट गरी वितरण गर्नुपर्ने र अनुदानमा किसानको पहुच हुनुपर्ने माग गरिएको छ ।
भूमिहिन, सुकुम्वासी, दलित, किसानहरूलाई भूमि र आवासको व्यवस्था गर्न पहल गर्ने समेत निर्णय भएको मानव अधिकार समूहका सचिव बेलाल अंसारीले बताउनुभयो ।
आईतरबा भएको कार्यक्रममा भोक्राहा नरसिंह गाउापालिका ७ का वडा अध्यक्ष रामचन्द्र यादव, भोक्राहा नसिंह गाउपालिकाको नरसिंह स्वास्थ्य चौकीका इन्चार्ज रामाशंकर साह, वडा सचिव शंकर मेहता, कार्यापालिका सदस्य रुपा साह, प्रेमलाल साह, मानव अधिकार समूहका सदस्य पुजा मण्डल, पूर्णिमा मण्डल, बबिता मण्डल, अन्जु मेहता, वडाका कर्मचारी टिकादेवी पौडेल, रामेश्वर यादव, जनता माविका सहायक प्रधानाध्यापक जदुलाल साह, शिक्षक मनोज निरौला, विनोद मण्डल, उपाध्यक्षका स्वकिय सचिव मिथिलेश यादव, स्वास्थ्यकर्मी प्रदिप यादव, चन्द्र नारायण यादव, मनिषा सदा, सरिता सदा, तारा मण्डल, गंगा मण्डल, रिना मण्डल, बुदनी साह, चैती ऋषिदेव सहितले विद्यालय खोल्नुपर्ने र मानव अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
सहभागीहरुले जिल्ला प्रशासन कार्यालय र गाउापालिकालाई बन्द विद्यालय नखुले बालबालिकाको भविश्य अन्यौलमा पर्ने भएकाले बन्द रहेका सरकारी विद्यालयलाई खोल्नुपर्नेमा जोड दिएको छ ।
देशैभरका विद्यालय खुला गर्ने विषयमा सरकारले जिल्ला र पालिकालाई जिम्मा दिएकाले दुवै निकायको पहलमा विद्यालय खोल्ने वतावरण बनाउनुपर्नेमा जोड दिएका छन् । जनता माविका सहायक प्रअ जदुलाल साहले सरकारको कार्यढाँचामा विद्यालय संचालान गर्दा न्यूनतम भौतिक दूरी कायम गरी कक्षाकोठामा बसाइ व्यवस्थापन गर्न तयार रहेको बताउनुभयो ।