रामधुनीमा वृक्षा रोपण – Nagarikabhiyan : National News

रामधुनीमा वृक्षा रोपण

इनरुवा । सुनसरीको रामधुनी २ को राधाकृष्ण मन्दिरको प्राङ्गनमा धार्मिक महत्वका बिरुवा रोपि वृक्षा रोपण गरिएको छ । सेभ द अर्थ नामक संस्थाको अगुवाई र स्थानीयहरुको उपस्थितीमा मन्दिर क्षेत्रमा बेल, रुद्राक्ष, सेतो चन्दन ,स्वामी, वर, पिपल, निम, पारिजात, धुपी, अमला, आँप, लिची ,सिन्दुर , कपुर लगायत फुलका बिरुवा रोपिएको छ । सरोकारबालाहरुले राधाकृष्ण महिला समूह रामधुनी वार्ड नम्बर २ र स्थानीय बुद्धिजीवी समाजसेवी मिलेर विरुवा रोपिएको हो । विभिन्न खाले बिरुवाहरु रोपने कार्य गरिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए । मन्दिरको भत्कन लागेको घेराबेराको लागि नगरपालिका वाड नम्बर २ ले बनाइ दिने निर्णय गरेको वडा अध्यक्षको प्रतिवद्धता आएको जनाएको छ ।