वडास्तरीय कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

वडास्तरीय कार्यक्रम सम्पन्न

सुनसरीको कोशी गाउँपालिकामा मानव अधिकार समूहको आयोजना, इन्सेकको सहयोग र कोशी गापा ७ नम्बर वडाको संयोजनमा भदौ १८ गते वडास्तरीय कार्यक्रम सम्पन्न भएको छ । कोशी ७ हरिपुरमा स्थानीय मानव अधिकार समूहसंगको नेतृत्व र सहकार्यमा स्थानीय तहका वडाहरुमा गोष्ठी तथा अभियान वडास्तरीय अन्तरकृया कार्यक्रम मानव अधिकार समूहका सचिव विष्णुकुमार यादवको अध्यक्षता तथा कोशी गापा ७ नम्बर वडा अध्यक्ष रामचन्द्र महतोको प्रमुख आथित्य एवम वडाका सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न गरिएको थियो । कोशी गाउँपालिकामा मानव अधिकार बिषयक वडास्तरीय गोष्ठि कार्यक्रम जिम्मेवार निकायलाई जवाफदेही बनाउने ईएलपी परियोजना अन्र्तगत शिक्षा स्वास्थ्य र खाद्यय तथा आवास अधिकारका बारेमा छलफल गर्ने गरी सम्पन्न भएको हो । कार्यक्रममा कोशी जनता मावि, राष्टिय आधारभुत विद्यालयमा नियमित अनुगमन गर्नुपर्ने, विद्यालयमा शिक्षकको व्यवस्थापन भएपनि नियमित पठन पाठन गर्नुपर्ने, बन्द विद्यालय खोल्ने वतावरण निर्माण गर्नुपर्ने, स्वास्थ्य चौकीमा प्रयाप्त निशुल्क औषधी दिनुपर्ने, स्वास्थ्यकर्मीहरु कार्यालय समयसम्म बस्नुपर्ने, स्वास्थ्य संस्थाको अनुगमन गर्नुपर्ने, पशु सेवा केन्द्रमा कर्मचारी नियमित उपस्थिती हुनुपर्ने, वडाका कोशी पीडित सुकुम्बासीका लागि बासँको व्यवस्था मिलाउनुपर्ने, नहरको पानी निकासमा ध्यान दिनुपर्नेमा सहभागीहरुलेजोड दिएका थिए । सहभागी श्यामदेव यादवले विद्यालयहरु समयसम्म नखुलेको , स्वास्थ्य चौकीमा निशुल्क औषधी नदिएको जानकारी दिनुभयो । अर्का सहभागी सिताराम मेहताले शिक्षक विधार्थीको अनुपात मिलेको भएपनि शैक्षिक गुणस्तरमा ध्यान नदिएकाले शिक्षामा अनुगमन बढाउनुपर्ने बताउनुभयो । मेहताले ३५ प्रकारको निशुल्क भनिएको औषधीमा ५ प्रकारको पनि औषधी नपाएको गुनासो गर्नुभयो । प्रसुती सेवा भने राम्रो र प्रभावकारी रहेको बताउनुभयो । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गरिने परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको परियोजनाका इन्सेक जिल्ला सहजकर्ता जयकृष्ण यादवले बताउनुभयो । कार्यक्रममा सहभागितहरुले जनप्रतिनिधि आएपनि गाउँपालिका र वडामा रहेका विद्यालयहरुमा निकै सुधार भएको र वडाबाटै स्वास्थ्य चौकीको सेवा पाएको समेत बताएका छन् । सहभागी यदु कुमार यादवले शिक्षकको लापर्वाही बढेकाले समयसम्म बस्नुपर्ने, विद्यालयमा फर्नीचरको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । यादवले शिक्षाको विकास विना देशको विकास नहुने भएकाले विद्यालय तहको शैक्षिक गुणस्तरमा जोड दिनुभयो । विधार्थी अनिल सदाले विद्यालयमा नियमति पढाईको वतावरण निर्माण गर्नुपर्ने र गर्मीमा पंखाँको व्यवस्था तथा बस्नका लागि फर्निचनको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । गोष्ठिमा पत्रकार पप्पु यादव सहित, मानवअधिकारकर्मि रमेश भट्टराई, गिता पौडेल, चन्द्रकला नेपाल सहित बिभिन्न गैरसरकारी सँस्थाका प्रतिनिधि लगायत सरकारका सेवाप्रदायक सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु , वडा अध्यक्ष सहितका ३४ बढी सरोकारबालाहरुले गोष्ठिको उद्धेश्य राम्रो भएको र यसले सकारात्मक सोचको बिकास गरि कार्यान्वयनमा लगाउनु र समाजमा मानव अधिकारको बिकासमा योगदान गर्ने बताएका थिए । कार्यक्रम मानव अधिकार समूहका सचिव विष्णु कुमार यादवको अध्यक्षता र कोशी गाउँपालिका–७ का वडा अध्यक्ष रामचन्द्र महतोको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।