लागू औषध तस्करी ३ जना पक्राउ – Nagarikabhiyan : National News

लागू औषध तस्करी ३ जना पक्राउ

इनरुवा । जिल्लाको ईटहरी उपमहानगरपालिका वडा नं.१२ कोशी राजमार्गमा लागु औषध तस्करी गर्ने तीनलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ईटहरीबाट विराटनगर तर्फ जादै गरेको प्र.१ .०२.०४३ प .८८०४ नंम्बरको मोटरसाईकलमा सवार व्यक्तिलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनकुटाको सांगुरी गढी गाउँपालिका वडा नं. ८ घर भई ईटहरी ४ मा डेरा गरी वस्ने २७ वर्षिय दिपेन्द्र राई र मोटरसाईकलको पछाडी सिटमा सवार निजको श्रीमती वर्ष २५ की शर्मिला राईको विचमा ज्बउउथ द्यष्चतजमबथ लेखिएको रंगीचंगी र्यांपिङ पेपरले वाहिरवाट वेरी राखेको अवस्थामा कार्टुन र उक्त मोटर साइकलको वायाँ लेगगार्डमा झुण्ड्याई वोकेको जेव्रा झोलाभित्र प्लाष्टिकमा प्याक गरेको ४ पोका र कार्टुन भित्र प्लाष्टिकमा प्याक गरेको १७ पोका गाँजा फेला परेको थियो । तत्काल तौल गर्दा उक्त गाँजाको तौल २१(एक्काईस) किलो रहेको छ । उनीहरु र उनीहरुले प्रयोग गरेको मोटरसाईकल ईन्जिन नम्वर र चेसिस नम्वर मेटाएर प्रष्ट नदेखिने अवस्था, प्लेट नं। प्र।१(०२(०४३ प।८८०४०लाई प्रहरीको नियन्त्रणमा लिएको थियो । गाँजा ओसार पसारमा संलग्न अररीया जिल्ला जोगवनी थाना पिपरा पञ्चायत ०६ विसनपुर ९विहार, भारत०वस्ने वर्ष अं।३० को टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर (१५ वाट पक्राउ गरीएको छ । यस घटनामा संलग्न माथी उल्लेखित तिनै जनालाई सुनसरी जिल्ला अदालतवाट लागु औषध मुद्दामा नौ दिन म्याद लिई थप अनुसन्धान भैरहेको छ । उता सुनसरीको धरान उमनपा १७ नमुना सुन्दरबस्ति सर्दु खोलाको बगरमा स्थित अप्रपोष्ट रेल्वेबाट खटिएको गस्ति टोलीले वेबारिसे अवस्थामा रहेको १ बोरा गाँजा २० केजि० फेलापारेको छ । उक्त गाँजा इप्रका धरानमा ल्याई अनुसन्धान भैरहेको छ ।