ससुराको कुटाईबाट बुहारी घाईते
१६ भाद्र २०७८, बुधबार १८:४०
इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा ससुरा सहित परिवारका सदस्यहरुको कुटाईबाट बुहारी घाईते भएकी छन् । पटक पटक यातना र गालीगजौज गर्दै आएकोमा मंगबार राती र बुधबार विहान ससुरा श्याम साह, सासु उर्मिला साह, जेठाजु सहितको परिवारका सदस्यहरुको कुटाईबाट बुहारी घाईते भएकी हुन् । २४ वर्षिया बुहारीलाई घरमा छोरालाई काममा लगाएको भन्दै एक वर्षदेखी कुटपीट र मानसिक यातना दिदै आएकोमा सहन नसेकर बुहारी मानव अधिकार समूह भोक्राहाको सहयोगमा न्यायका लागि प्रहरीसम्म पुगेकी छन् । पीडित बुहारीले आफूलाई कुटेकाले आखाँ, गाला र शरिरको विभिन्न भागमा निलडाम परेको गुनासो गरिन । सुरुमा विवाह पनि झुक्याएर गरेको र पछि खान लाउन समेत नदिई यातना दिएकोमा पछि यातना र गालीगजौज गर्दै आएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया