उराँव भाषाको लेखनशैली निर्देशिका बारे कार्याशाला सम्पन्न – Nagarikabhiyan : National News

उराँव भाषाको लेखनशैली निर्देशिका बारे कार्याशाला सम्पन्न

सुनसरीको इनरुवामा मातृभाषा केन्द्र नेपालको सहयोगमा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानकोे आयोजनामा उराँव भाषाको लेखनशैली निर्देशिका कार्याशाला सम्पन्न भएको छ । उराँव भाषाको अवस्था र मातृभाषाको लेखनशैली बारेमा पूर्नावलोकन सम्बन्धी कार्याशाला सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । अधयक्ष उराँवका अनुसार उराँव जाती र भाषा सम्बन्धि सामान्य जानकारी सहित भाषामा एक रुपताका बारेमा छलफल गरिएको छ । वहाँले दिएको जानकारी अनुसार उराँवहरु कुडुख भनेर पनि चिनिन्छन् ।
उराँवहरु आफ्नै मातृभाषा बोल्ने गर्दछन् जसलाई “कुडुख कथ्थ“ वा कुडुख भाषा भनिन्छ । विश्वको ४ भाषा परिवार मध्ये द्रविडियन भाषा परिवार अन्तर्गत पर्ने कुडुख भाषा नेपालका कुडुख(उराँव)जातीले मात्र बोल्ने गर्दछन् । भारत, बङ्गलादेश,पाकिस्तान,श्रीलङ्का जस्ता देशहरुमा यिनीहरुको सङ्ख्या धेरै रहेको पाइन्छ भने नेपालका पूर्व देखि पश्चिम माहाकाली सम्मका तराईका जिल्लाहरुमा समेत यिनीहरुको बस्ती रहेको पाइन्छ । मुख्यगरि सुनसरी, मोरङ्ग,सप्तरी,झापा,सिरहा,बारा,पर्सा,धनुषामा भएतापनि, ललितपुर,उदयपूर,काठमाण्डौमा पनि केही बसोबास रहेको पाइन्छ । प्रायजसाले मातृभाषा बोलेतापनि मैथीली,नेपाली र हिन्दी पनि दोस्रो भाषाको रुपमा बोल्ने गर्दछन् । मौखिक साहित्यमा धनि रहेको उराँव जातीहरुको आफ्नै लिपी रहेको छ । हाल आएर नेपालको गोरखापत्र दैनिकको नयाँ नेपाल पेजमा २०६४ कार्तिक देखि लिखित समाचार, सूचना, सन्देश र साहित्यहरुको सुरुवात भएको छ ।

१, सुनसरीको इनरुवामा मातृभाषा केन्द्र नेपालको सहयोगमा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानकोे आयोजनामा उराँव भाषाको लेखनशैली निर्देशिका कार्याशालाका सहभागीहरु ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा