मानव अधिकार समूहको बैठक सम्पन्न – Nagarikabhiyan : National News

मानव अधिकार समूहको बैठक सम्पन्न

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक १ नम्बर प्रदेश विराटनगर तथा मानव अधिकार समुह भोक्राहा नरसिंह गाउँपालिकाले यहाँ भएका सवाल र समस्याहरु तथा सरोकारवालाहरुको पहिचान तथा कार्ययोजना निर्माणका लागि बैठकको आयोजना गरेको हो । बैठकमा गाउँपालिकाका विभिन्न वडामा रहेका शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारसंग सम्बन्धित समस्याहरुको पहिचान गर्दै आएको र थप सावल र समस्या पहिचान गर्ने समूहका पदाधिकारीले बताएका छन् । बैठकमा सहभागिहरुले सीमावर्ती क्षेत्रमा एम्बुलेन्स सेवा नहुँदा सुत्केरी महिलाई समस्या भएको, विद्यालयहरु बन्द भएले बालबालीहरुका असर परेको र मावि तथा प्राविमा शिक्षाको गुणस्तर खस्केकोले सम्बन्धित समस्या पहिचान गरि कार्ययोजना बनाउन जोड दिएका थिए । मानव अधिकार समूहका अध्यक्ष ममता उराँवले समस्या सामाधानको लागि पहल गर्न मानवअधिकार समुहले सरोकारवालालाई ज्ञापनपत्र बुझाउने प्रतिबद्धता व्यक्त गनुभयो । बैठकले आफ्नो बार्षिक कार्यक्रमको समिक्षा गरिनुका साथै प्रत्येक महिना बैठक बस्ने, त्रेमासिक कार्यक्रम गर्ने, वडावडामा समस्या पहिचान गर्ने, राजनीतिक दलहरुसंग समन्वय र उनिहरुलाई समेत क्षमता विकासका लागि अभिमुखिकरण गर्ने, नेतृत्व विकास तालिम दिने, समस्या समाधानका लागि गाउँपालिकालाई ज्ञापन पत्र बुझाउने र वार्षिक कार्यक्रममा पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय भएको हो ।