बिना ईजाजत नियन्त्रित औषधी बोकी हिड्ने २ जना पक्राउ – Nagarikabhiyan : National News

बिना ईजाजत नियन्त्रित औषधी बोकी हिड्ने २ जना पक्राउ

सुनसरीमा बिना ईजाजत नियन्त्रित औषधी बोकी हिड्ने २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार साउन ७ गते जिल्लाको ईटहरी उमनपा वडा नं. ९ स्थित बिजुली अफिस जाने नेरको बाटोमा सोही ठाउँबस्ने १९ वर्षिय रेजन बि.क.लाई साथमा नियन्त्रित औषधी त्च्ब्ःब्म्इी (बिना ईजाजत) बोकी हिडेको अवस्थामा प्रहरीले फेलापारी नियन्त्रणमा लिएको हो । उनको साथबाट १ पत्तामा १० क्यापसुलको दरले ५५ पत्तामा ५५० ट्याबलेट र नेपाली नगद रु. ५४००।–सहित फेला परेकोले निजलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग शाखा कार्यालय बिराटनगर मोरङ्ग पठाईएको छ ।
त्यसैगरी साउन ५ गते सुनसरीको ईटहरी उपमनपा वडा नं. २ स्थितमा जिल्ला धनकुट्टा न.पा. वडा नं. २ घर भई हाल जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. २ बस्ने बर्ष १८ को सन्तोस लिम्बुलाई साथमा नियन्त्रित औषधी ४० क्याप्सुल (बिना ईजाजत) सहित ईप्रका ईटहरीको टोलीले नियन्त्रणमा लिई फेलापारी निजलाई आवश्यक कारबाहीको लागि मिति २०७८।४।७ गते (६ गते विदा परेकोले) औषधी ब्यवस्था बिभाग शाखा कार्यालय बिराटनगर मोरङ्ग पठाईएको छ ।