मृगौला पीडितको उपचारमा सहयोगको अपिल
७ श्रावण २०७८, बिहीबार १४:३३
सुनसरीको इनरुवा नगरपालिका १० जल्पापुरका मृगौला पीडित सन्तोश कुमार खत्वेको उपचारका लागि आर्थिक अभाव भएकाले परिवारले सहयोगको अपिल गरेको छ ।Sunita kumari sharma mega bank nepal limited Account no:1120050040943. swifi code÷MBNLNPKA
पाँच वर्षदेखीले अस्वस्थ्य रहेका सन्तोश कुमार खत्वेको मृगौलामा समस्या देखिएको र समयमा उपचार गरे बाच्न सक्ने अवस्था रहेकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेको हो । पीडितकी श्रीमती सुनिता कुमारी शर्मा खत्वेले पतीको उपचार गर्ने पैसा नभएको तर विरामी भएकाले उपचारका लागि नोबेल
अस्पतालमा भर्ना गरिएको र एक लाख बढी रकम तिर्न बाकी रहेको दुखेसो पोख्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ । शर्माले पतीको जिवनको रक्षाका लागि सरकारी, गैरसरकारी, स्वदेश तथा विदेशमा रहनुभएकाहरुमा अपिल गर्नुभएको छ । त्यसैगरी डाईलासिस समेत गरिरहेकाले ए पोजेटिभ रगत आवश्यक रहेकाले रगत पनि सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको छ । पीडितले बैकंमा खाता नभएको र खोल्ने तयारीमा रहेको बताउनुहुदै सहयोगीहरुलाई मोवाईल नम्बर ९८१५३६८३७१ वा ९८१४३७९३५९ मा सहयोग गरिदिनहुन अनुधरो गरेको छ ।
पीडित खत्वेको उपचारका लागि इनरुवा नगरपालिकाले विपन्न नागरिक औषधी उपचार सिफारीस समितिको बैठकले सहुलियत प्रदान गरिदिन नोवेल मेडिकल कलेज टिचिगं हस्पिटल विराटनगरलाई सिफारिस गरेकोमा सो पनि प्रयाप्त नभएको शर्माको गुनासो छ । मृगौला रोगले ग्रसित भएकाले आफ्नो पतीको उपचारका लागि थप आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया