सुनसरी बहुमुखी क्याम्पसको समग्र सुधारको लागि माग – Nagarikabhiyan : National News

सुनसरी बहुमुखी क्याम्पसको समग्र सुधारको लागि माग

सुनसरी सदरमुकाम इनरुवाको एकमात्र सामुदायिक क्याम्पस सुनसरी बहुमुखी क्याम्पसको समग्र सुधारको लागि युवाहरुले माग गरेका छन् । क्याम्पसमा इनरुवा नगर सुशासन अभियानले विभिन्न ८ वटा माग सहितको ज्ञापन पत्र बुझाएको हो । क्याम्पसमा संचालक समिति गठन गर्नुपने, पुस्तकालयको व्यवस्था गर्नुर्ने, शैक्षिक गुणस्तर कायम गर्नुपर्ने र क्याम्पसको बिद्यार्थीहरुको हितमा काम गर्नुपर्ने माग सहितको क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाइको हो । क्याम्पस प्रमुख इनु अधिकारीलाई देवकुमार यादव र अभियानका दिलिपचन्द साहुले ज्ञापन पत्र बुझाएको जनाएको छ ।