किसोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्य तथा संक्रामक रोग सम्बन्धी अभुमिकरण
२२ असार २०७८, मंगलवार १९:४२
सुनसरीको कोशी गाउँपालिकाका किसोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्य तथा संक्रामक रोग सम्बन्धी अभुमिकरण गरिएको छ । कोशी गाउापालिकाको सहयोगमा सामुदायिक दिगो विकास मञ्च कोशीको आयोजनामा अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो । समपन्न कार्यक्रममा बीपीएच नितेश यादव र कोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अमिल अख्खर अंसारीले प्रशिक्षण दिनुभएको आयोजक संस्थाकी अनिता उराँवले जानकारी दिनुभयो । 
कार्यक्रममा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार थप सुनिश्चित गर्नका लागि अभिमुखिकरण गरिएको थियो ।महिला तथा किशोरीको प्रजनन अधिकार प्रयोग गर्ने क्षमतालाई असर गर्ने बाधाहरुमा छलफल गरेको थियो ।
लक्ष्य अनुसार यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई बृहत्तर दृष्टिकोणका बारेमा पनि जानकारी गराइएको थियो । सर्वसुलभ यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि जनशक्तिको अभाव र आपूर्ति व्यवस्थापनमाथि पनि नीतिगत व्यवस्था सरकारले गर्नुपर्ने बारेमा पनि छलफल भएको सहभागीहरुले बताएका छन् । महिला तथा किशोरीलाई सेवा उपयोग गर्नबाट बन्चित गर्ने भेदभावपूर्ण लैङ्गिक मान्यताहरु, प्रणालीगत र सामाजिक सांस्कृतिक चुनौतीलाई सम्बोधन गर्ने महत्वपूर्ण कार्यहरुका बारेमा जानकारी दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया