एम फिल र पीएचडीको पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीकाे प्रदर्शन – Nagarikabhiyan : National News

एम फिल र पीएचडीको पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीकाे प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी) को पढाई नि:शुल्क गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

त्रि. वि. विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले एफ फिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन समेत माग समेत गरेका छन्। साथै उनीहरुले ग्र्याजुयट स्कुल अफ सोसल साइन्सको पनि माग गरेका छन्।

प्रदर्शनमा उत्रेका बिद्यार्थीहरुले नीजि शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र बिश्वबिद्यालयलाई राजनीतिको अखडा नवनाउन माग गरेका छन् ।