यादव पुलीस अफ दी मन्थ
९ असार २०७८, बुधबार १८:१२
नेपाल प्रहरी उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मानित गर्ने क्रममा सुनसरीको रामनगर भुटाहा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बलराम यादव जेठ महिनाको उत्कृट प्रहरी घोषित भएका छन । प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालयहरूले आफ्नो मातहतमा रहेका प्रहरीको हौसला बढाउन सम्मान गर्ने अभियान चलाउँदै आएकोमा जेठ महिनाका लागि सुनसरीको सीमावर्ती क्षेत्रमा रहेर पेशा प्रति इमान्दार, कर्मशिल र देश जनता प्रति उतरदायि भएर काम गरेको भन्दै यादवलाई पुलिस अफ दी मन्थ सम्मानबाट सम्मानित गर्ने घोषणा गरेको हो ।
यो अभियानमा प्रदेश तथा जिल्ला प्रहरी कार्यालयहरूले प्रत्येक महिनामा प्रहरीभित्र प्रतिस्पर्धा गराई व्यावसायिकता ल्याउने उद्देश्यले घोषणा गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयले यो अभियानकै रुपमा चलाएकाले जिल्लामा पनि त्यसको निरन्तरता दिएको सुनसरीका प्रहरी प्रमुख कमल थालो बताउनुभयो । थापाका अनुसार ‘यसले गर्दा प्रहरीभित्र काम गर्ने प्रतिस्पर्धा चल्छ, जसको कारणले समाजमा अपराध कम हुन्छ’ । यही सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतमा रहेको प्रहरी चौकी भुटाहाका प्रहरी नायव निरीक्षक बलराम यादवलाई ‘प्रहरी अफ मन्थ’ बाट सम्मानित गरिएको छ ।
यादवलाई उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रमुख एसपी कमल थापाले सम्मानित गर्नुभएको हो । जेठ महिनामा अन्य अधिकारी भन्दा उत्कृष्ट काम गरेको भन्दै यादवलाई सम्मानित गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको सम्मान पत्रमा भनिएको छ ‘ चोरी तस्करी तथा अपराध नियन्त्रण, अवैध गाजाँ पक्राउ, लागुऔषध पक्राउ, चोरी निकासीमा नियन्त्रण जस्ता कार्यहरुमा उत्कृष्ट कार्य गरेकोमा यहाँलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिन्छ ।’ यादवले कम समयमा बढी घटनाहरु न्युनिकरण गर्न सफल भएका छन् । उहाँले उल्लेखनीय मात्रामा व्यवसायिक तथा इमान्दार प्रहरीका लागि काम गरेको बताइएको छ । । प्रहरीभित्र व्यावसायिकताको धर्म निर्वाह गर्ने जोसुकैलाई पनि यसैगरी प्रत्येक महिना दिने भएको हुँदा सबैले यो सम्मान लिनको लागि त्यहीअनुसार काम गर्न आग्रह गर्नुभयो । यो अभियानबाट प्रहरीमा खुसी आएको प्रहरी अधिकारीहरुको ठहर छ । कामको मूल्यांकन हुने भएको हुँदा पुरस्कारले प्रहरीलाई अझ थप बढी काम गर्न जिम्मेवार बनाएको पुरस्कृत प्रहरी यादवको भनाइ छ ।
जिल्लामा करिब एक हजारको हाराहारीमा प्रहरी दरबन्दी छ । तर उत्कृष्ट काम गर्ने एकजनालाई प्रत्येक महिना सम्मानित गर्ने गरेको प्रहरीको रणनीति छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया