मधेशा स्वास्थ्यचौकीबन्यो नगरको पहिलो पोषण मैत्री स्वास्थ्य संस्था
९ असार २०७८, बुधबार १७:५२
सुनसरीको सदरमुकाम इनरुवा ६ मा रहेको मधेशा स्वास्थ्य चौकी नगरको पहिलो पोषण मैत्री स्वास्थ्य संस्थाबन्न सफल भएको छ । नगर भित्र रहेका अन्य दश वटा स्वास्थ्य संस्थालाई पछि पादै मधेशा पोषण मैत्री घोषित हुने पहिलो स्वास्थ्य संस्था बनेको हो ।
स्वास्थ्य सूचक, सेवाप्रवाहको अवस्थाकाआधारमाउत्कृष्ठ ठहरिएको मधेशा स्वास्थ्यचौकीलाई नगर प्रमुख राजन मेहताले पोषण मैत्री स्वास्थ्य संस्था घोषित गरेका हुन् ।
पोषण मैत्रीकालागि स्वास्थ्य संस्थाले निर्धारित मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । जसमाअब्बल देखिएकाले मधेशालाई नगरको पहिलो पोषण मैत्री स्वास्थ्य संस्था घोषित गरिएको मेहताले बताउनुभयो ।
पोषण मैत्रीबन्नकालागिखोप वृद्धिका साथै बच्चाको वृद्धिअनुगमननिरन्तर भएको जस्ता मापदण्ड निर्धारण गरिएका छन् ।
त्यसका साथैआइरन चक्कीखाएको, सुत्केरी तथागर्भवतीपोषण कार्यक्रममा सहभागिभएको र व्यवस्थित साथसूचना रेकर्ड राख्नुका साथै जुकाको औषधि र बालभिटा खुवाएको हुनुपर्ने छ ।
त्यस्तै ६ महिना पछि पुरक खानाखाएको, पोषण करनर राखेको र परामर्श सेवाप्रदान गरेकोजस्ता निर्धारित मापदण्ड पुरा गरेको आधारमामधेशालाई पोषण मैत्री घोषणा गरिएको प्रमुखप्रशासकीय अधिकृत डिल्ली निरौलाले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख जमुना गौतम, वडाअध्यक्षहरु कोषराज अधिकारी, कालुराम गुरुङ, अञ्जनी कुमार पोखरेल सहित स्वास्थ्यशाखाइनरुवाकासिनियर अहेब अधिकृतहरु सन्तोष देव, मिश्रिलाल मेहता, निखिल पोखरेल लगायत वडा सदस्यतथा स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
पोषण मैत्री घोषणा कार्यक्रममामधेशा स्वास्थ्यचौकीले सेवाप्रवाहको बारेमाजानकारी गराएको थियो । वडाले उपलब्ध गराएको विवरण अनुसार वडाको जनसंख्या ७ हजार २ सय ३ जनामध्ये १ वर्ष मुनीका शिशुको जनसंख्या १ सय ५०, १२ महिना देखि २३ महिना सम्मको संख्या १ सय १०, शून्य देखि २३ महिनाको २ सय ६०, शून्य देखि ५९ महिनाको जनसंख्या ५ सय ७५ छ भने ६ महिना देखि २३ महिना सम्मको १ सय ८५ र १० वर्ष माथि १९ वर्ष सम्मको जनसंख्या १ हजार ३ सय ५५ रहेको छ ।
स्वास्थ्य चौकीले दिएको जानकारी अनुसार वडामा गर्भवतीको संख्या १ सय ८३ छ भने आमा सुरक्षाकार्यक्रममाआ.व.२०७७।०७८ मा प्रसुतीभएको संख्या ४२ जनार ६० वर्ष माथिको संख्या १ हजार ११ जना रहेको छ ।
मधेशा स्वास्थ्यचौकीमा वडा अध्यक्ष कोषराजअधिकारीको अध्यक्षतामा७ सदस्यीय स्वास्थ्यव्यवस्थापन समिति रहेको छ । त्यसैगरी व्यवस्थापन समितिकाउपाध्यक्षगिरीराजपोखरेल संयोजक रहेको ३ सदस्यीय एम्बुलेन्स उप समिति रहेको छ ।
मधेशा स्वास्थ्यचौकीले एम्बुलेन्स सहितबर्थिङ सेन्टर, प्रयोगशाला सहित सुरक्षितमातृत्वलगायतका १४ किसिमकाउपचार सेवातथाकार्यक्रम संचालनमाल्याउदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया