वाधिराखेको चौपाँया(भैसी) चोरी – Nagarikabhiyan : National News

वाधिराखेको चौपाँया(भैसी) चोरी

 

मिति २०७८।०३।०५ गते रातको समयमा जिल्ला सुनसरी ईनरुवा नगरपालिका-९ बविया बस्ने रामरुप खत्वेको घरमा वाधिराखेको चौपाँया(भैसी) चोरी भएको जानकारी यस कार्यालयमा प्राप्त हुन साथ यस कार्यालयबाट खटिएको टोलिले जिल्ला सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने वर्ष २२ को जियाउदिन मन्सुसरीलाई भैसी र भैसीको पाडा लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह-६ सुकसेना नहरछेउबाट पक्राउ गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम मिति २०७८।०३।०५ गतेबाट लागुहुने गरी आज सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको ।