मोटरसाईकल चोरी गर्ने पक्राउ – Nagarikabhiyan : National News

मोटरसाईकल चोरी गर्ने पक्राउ

मिति २०७८।०३।०५ गते रातको समयमा जिल्ला सुनसरी कोशी गाउँपालिका-१ वस्ने विक्रम साहले आफ्नै घरमा राखिएको बा. ९० प ७७९३ नम्वरको होण्डा कंपनीको हर्नेट मोटरसाईकल चोरी गरी लैजादै गरेको अवस्थामा कोशी गाउँपालिका-८ भाण्टाबारीबाट चोरी गरेको मोटरसाईकल सहित कोशी गाउँपालिका वडा नं. १ बस्ने ओम प्रकास यादवलाई  सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ओम प्रकास यादवलाई आजै मुलुकी फौजदारी संहिता २०७४ अनुसुची-७ बमोजीम मिति २०७८।०३।०५ गतेबाट लागु हुने गरी सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको छ ।