दाँत सिरि’ङ–सिरि’ङ किन हुन्छ ? यस्ता छन् बच्ने उपाय र उपचार
४ असार २०७८, शुक्रबार १६:३५
काठमाडौं । हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खि’इँदा डेन्टिन देखिन्छ र सिरि’ङ–सिरि’ङ हुन्छ। डेन्टिनमा रहने नशाहरु संवे’दन’शिल हुन्छन्।
विभिन्न कारण खिइन्छ इनामेल:
गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खि’इन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरि’ङ–सिरि’ङ हुने समस्या आउँछ। एसि’ड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खि’याउँछ। कसै–कसैको सुत्दाखेरि दाँत कि’ट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइ’न्छ। मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरि’ङ–सिरिङ’को समस्या आउँछ। यदि नमिलेको दाँत छ भने पनि टो’काइ नमिलेर दाँत खिइ’न सक्छ ।
अन्य कारणहरु
दाँत की’राले खायो भने पनि सिरि’ङ–सिरि’ङ गर्ने समस्या आउँछ। पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भनेपनि सिरि’ङ–सिरि’ङ हुन्छ। एकपटक भरेको दाँतमा फेरि कीरा’ले खान सुरु गर्याे भने पनि यो समस्या आउन सक्छ।
कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरि’ङ–सिरि’ङ हुनसक्छ । तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ। कहिलेकाहीँ एसि’डयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरि’ङ–सिरि’ङ हुने समस्या आउन सक्छ।
सिरिङ–सिरिङबाट बच्ने उपायहरु
सही तरिकाले ब्रस गर्नुपर्छ। ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ। एसि’डभएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने। ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने।
सुत्दाखेरि दाँत कि’ट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने।
दिनको दुई पटक फ्लोरा’इड’युक्त मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लो’राइ’ड भएको माउथवास, फ्लस प्रयोग गर्ने र दाँत, गि’जा स्वस्थ राख्ने। यदि खै’नी, चु’रो’ट सेवन गर्ने बानी छ भने तुरुन्तै त्या’ग्ने।
उपचार: यदि दाँत सिरि’ङ–सिरि’ङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारण अनुसार उपचार फरक पर्छ। सं’वेदन’शील’तामा प्रयोग गर्ने मन्ज’नहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरि’ङ–सिरि’ङको समस्या बिस्तारै कम भएर जान्छ।
यदि गि’जा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने स’र्ज’री पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ। दाँत कि’ट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ। दाँत कि’राले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ।
यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ। सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ। नमिलेको दाँतको अर्थो’डो’न्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइ’नबाट बचाउन सकिन्छ।
यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्या’न’ल उपचार गराउनु पर्ने हुन सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया