खैरोहिरोईन ब्राउसुगर सहित एक जना पक्राउ – Nagarikabhiyan : National News

खैरोहिरोईन ब्राउसुगर सहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले सुनसरी जिल्ला कोशी गाँउपालिका-८ भाण्टाबारीबाट लागुऔषध खैरोहिरोईन ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरीएको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भाण्टाबारीका ४० बर्षीय शंम्भु कबिरथ हुन । विशेष सुराकीको आधारमा पक्राउ परेका कबिरथवाट वरामद गरिएको लागुऔषधको तौल ९.५४० ग्राम रहेको छ । पक्राउ परेका शंम्भु कबिरथलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद लिई थपअनुसन्धान भईरहेको छ।